ज्ञानेन्द्र शाही ललितपुर प्रहरीको हिरासतमा

"'अभद्र व्यबहार' मुद्दामा अनुसन्धान गर्न हिरासतमा"

ललितपुर,  भदौ ३० ।

आफुलाई भ्रष्टाचार विरुद्धको अभियन्ता दाबी गर्दै हिड्ने ज्ञानबहादुर शाही उर्फ ज्ञानेन्द्र शाहीलाई ललितपुर प्रहरीले हिरासतमा लिएको छ।

शाहीले आइतबार अपरान्ह ललितपुरको पुल्चोकमा ‘नेपालका लागि नेपाली’ नामक अभियानको कार्यालयमा पत्रकार सम्मेलन गर्दै गर्दा झडप भएपछी सुरक्षा दिन गएको प्रहरीमाथी अभद्र व्यबहार गरेको भन्दै महानगरीय प्रहरी परिसर ललितपुरले उनमाई ‘अभद्र व्यबहार’ मुद्दामा अनुसन्धान गर्न हिरासतमा लिएको हो। ‘हाम्रो प्रहरी टोलिमाथी अभद्र गरेपछी हामीले उनलाई जरुरी पक्राउ पुर्जी दिएर हिरासतमा लिएका छौं।’  ललितपुर परिसरको मुद्दा शाखाका डिएसपी सन्तोष तामाङले भने ।

शनिवार साँझ नेपालगन्ज बिमानस्थलमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईमाथि दुव्र्यवहार गर्ने शाहीले शनिबार भएको घटनाबारे जानकारी दिने भन्दै आइतबार ललितपुरको पुल्चोकमा पत्रकार सम्मेलन गरेका थिए ।पत्रकार सम्मेलनमा खास पत्रकारहरुको भन्दा पनि युटुबरहरुको धेरै उपस्थिति थियो । पत्रकार सम्मेलनमा शाहीमाथि युटुबरहरुको प्रश्नको वर्षा भयो । प्रश्नको उत्तर दिन नसक्ने स्थिति भएपछि युटुबर र शाही समर्थक बीच हात हालाहाल भएको थियो ।

शेयर गरौ

ताजा अपडेट