काठमाडौंको गोलढुंगामा गोली चल्यो

 

काठमाण्डौ २७ भदौ । काठमाडौंको गोलढुंगामा गोली चलेको छ । गुण्डागर्दीमा संलग्न भएको सूचीमा रहेका साजन गुरुङ उर्फ नजोकलाई पक्राउ गर्ने क्रममा गोली चलेको हो ।

विशेष सूचनाको आधारमा पुगेको महानगरीय अपराध अनुसन्धान महाशाखा, टेकुको टोलीसँग जम्काभेट भएपछि प्रहरीले दुई राउण्ड गोली फायर गरेको हो ।
महाशाखाका प्रमुख एसएसपी सहकुलबहादुर थापाले घटनाबारे पुष्टि गरेका छन् । नियन्त्रणमा लिने क्रममा प्रहरीलाई नै आक्रमण गर्न खोजेपछि गोली हानी समातिएको उनले बताए । उनका अनुसार गुरुङको साथबाट कटुवा पेस्तोल र त्यसमा लाग्ने दुई राउण्ड गोली पनि बरामद भएको छ ।

गोलढुंगा गोलीकाण्डमा घाइते साजन गुण्डा नाइके समिरमानका सहयोगी गुरुङ धादिङका वासिन्दा हुन् ।
उनले प्रहरी अधिकृतलाई पनि धम्क्याउने गरेका थिए ।

शेयर गरौ

ताजा अपडेट