चितवन समाचारडटकम
२६ भदौ । मुख्यमन्त्री पौडेलले भरतपुरको सप्तगण्डकी क्याम्पसमा आमसञ्चार विषयको प्रयोगशालाको विहीबार उद्घाटन गर्दै सामुदायिक क्याम्पसको वृद्धि विकासको लागि प्रदेश सरकारले सहयोग गर्ने बताउनु भयो ।
उहाले निजी नाफामुखी भए आंगिक क्याम्पसलाई सरकारले बजेट दिने भयो तर सामुदायिक क्याम्पसको विकासमा समस्या भएकाले त्यसको समाधानको लागि प्रदेश सरकार लागेको जानकारी दिनु भयो । उहाले भन्नु भयो ‘अहिले सामुदायिक क्याम्पसमा पढ्न आउने विद्यार्थी पैसा तिर्न नमान्ने, शिक्षक वृद्धि भएको तलब लिने, अभिभावक गुणस्तरीय शिक्षा खोज्ने यस्ता समस्याको चपेटमा क्याम्पस परेको छ ।’
आफू पनि मकवानपुर क्याम्पसको सञ्चालक समितिको अध्यक्ष रहेर काम गरेको भनुभुती रहेकाले समुदायबाट सञ्चालित क्याम्पसहरुको विकासमा सरकारले योजना ल्याउन लागेको जानकारी दिनु भयो । सप्तगण्डकी बहुमुखी क्याम्पसका प्रमुख मणिराम महतोले विश्वविद्यलय अनुदान आयोगबाट २ करोड ३४ लाख रुपियाँ आएको जानकारी दिनु भयो । विसं २०४५ मा स्थापना भएको क्याम्पसमा अहिले कक्षा ११ देखि स्नातकोत्तर तहसम्म ३ हजार भन्दा धेरै विद्यार्थीले अध्ययन गर्दै आएका छन् । आमसञ्चार क्षेत्रमा प्लसटु र स्नातकसम्म मात्रै ३ सय विद्यार्थीले अध्ययन गर्दै आएका छन् । क्याम्पसमा आमसञ्चार पढ्ने विद्यार्थीको लागि टेलिभिजन र रेडियोको स्टेशनको कार्यालय स्थापना गरिएको छ । यसको लागि २५ लाख खर्च भएको क्याम्पसले जानकारी दिएको छ ।


