डेरी पसल उपभोक्ता ठग्दै, प्रतिलिटर ८० रुपैयाँ लिदै

चितवन, २५ भदौ । सरकारले दुधको खुद्रा मुल्य ७६ रुपियाँ कायम गरेपनि चितवनका डेरी पसलले प्रतिलिटर ८० रुपियाँ लिने गरेका छन् ।
सरकारले तोकेको मुल्य भन्दा चर्को मुल्य लिदा उपभोक्ता ठगिदै आएका छन् । दुग्ध सहकारी संघले दुध उत्पादनमा लागत मुल्य धेरै भएको भन्दै मुल्य वृद्धि गर्न सरकारलाई दवाव दिएको थियो । किसानको दवावपछि सरकारले एकहप्ता अगाडि मात्रै प्रतिलिटर ६ रुपियाँ वृद्धि गरेर ७६ पु¥याएको थियो ।
तर चितवनमा भने किसानबाट उठाएर बजारमा ल्याएका डेरी पसलहरुले उपभोक्तासंग प्रतिलिटर ८० रुपियाँ लिने गरेका छन् । भरतपुर १० का दुर्गा अधिकारीले भन्नु भयो ‘७६ रुपियाँ हो भनेर दिदा खुद्रा हुदैन हामी ८० भन्दा तल लिदैनौ भन्दै लिने गरेका छन् ।’
उपभोक्तालाई ठग्ने डेरी पसलमाथि कार्वाही हुनु पर्ने भरतपुर ११ का स्थानीय अनिता पौडेलले बताउनु भयो । खुद्रा हुदैन, ८० रुपियाँ नै हो भन्दै दिन नमान्ने, तोकेको मुल्य भन्दा धेरै लिने उपर कार्बाही हुनु पर्ने उहाँको भनाइ छ । तोकेको मुल्य भन्दा धेरै लिने गरेको गुनासो धेरै आएको उपभोक्ता अधिकार संरक्षण मञ्च चितवनका उपाध्यक्ष विष्णु भुसालले बताउनु भयो । थोरै पसलहरुमा ७६ रुपियाँ लिने गरेपनि धेरै डेरी पसलहरुले ८० लिने गरेकाले तत्काल अनुगमन गरेर कार्वाही गर्न प्रशासनसंग माग गरको उहाले बताउनु भयो ।
दुग्ध सहकारी संघका केन्द्रीय सदस्य नारायण उप्रेतीले भन्नु भयो तोकेको मुल्य भन्दा धेरै लिनेमाथि कार्वाहीगर्न आफू तयार भएको बताउनु भयो । किसानले प्रतिलिटर १० रुपियाँ वृद्धि गर्न माग गरेपनि सरकारले ६ रुपियाँ मात्र बढाएकाले त्यसैलाई कार्यान्वयन गर्न संघ तयार भएका छौ उहाले भन्नु भयो । तोकेको मुल्य भन्दा धेरै लिनेहरुलाई प्रशासन कार्यालयबाट अनुगमन गरी आवश्यक कार्वाही गर्न संघ माग गर्दछ उहाले भन्नु भयो ।
प्रमुख जिल्ला अधिकारी जितेन्द्र वस्नेतले भन्नु भयो दुधको मुल्य चर्को लिएको भन्ने गुनासो आएकाले छिट्टैनै अनुगमन गरेर त्यसलाई आवश्यक कार्वाही गर्ने जानकारी दिनु भयो । केही स्थानमा प्रतिलिटर ८० रुपियाँ लिने गरेको गुनासो आएको छ उहाले भन्नु भयो कार्यालयबाट टोलीले अनुगमन गरेर दोषि देखिएमा कार्वाहीको प्रकृयामा जाने छ ।
भरतपुर महानगरको नारायणगढ, भरतपुर बजार क्षेत्रमा गाउँबाट दुध ल्याएर डेरी पसलमा बिक्री गर्ने बिक्रेताहरु रहेका छन् । भरतपुर क्षेत्रमा मात्रै तीन दर्जन भन्दा धेरै यस्ता डेरी पसल छन् । ती पसलले दैनिक एकसय लिटरदेखि ५ सय लिटरसम्म दुध बिक्री गर्दै आएका छन् । गाउबाट मोटरसाइकलमा एकसय लिटर दुध डुलाएर बिक्री गर्ने किसानको सख्या पनि रहेको छ । यस्ता पसलहरुले प्रतिलिटर ८० देखि एकसय रुपियाँसम्म बिक्री गर्ने गरेका छन् ।
साना डेरी पसलहरुमा अनुगमन गरेर त्यस्ताको मापदण्ड, मुल्य सूचि, गुणस्तरीयताको विषयमा ध्यान दिएको पाइदैन ।

शेयर गरौ

ताजा अपडेट