वीरगञ्ज, २४ भदौं । वहुप्रतिक्षित पेट्रोलियम पाइपलाइन मोतिहारी–अम्लेखगञ्ज पाइपलाइनको मंगलबार औपचारिक उद्घाटन गरिएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय समकक्षी नरेन्द्र मोदीले विद्युतीय माध्यम रिमोटद्वारा पाइपलाइनको औपचारिक उद्घाटन गरेका हुन् । ओलीले सिंहदरबार र मोदीले दिल्लीबाट रिमोर्टमार्फत पाइपलाइनको उदटन गरेका हुन् ।
मोतिहारी–अमलेखगञ्ज पाइपलाइन नेपालतर्फ ३६ किमी र बाँकी २७।२ किमी भारततर्फ गरी कुल ६९।२ किलोमिटर पाइपलाइन बिछ्याइएको हो ।
पेट्रोलियम पाइपलाइनको शुरुवात भएसँगै अब नेपालमा तेल ढुवानी सहज हुने भएको छ । अब ढुवानी लागत, बाटोको कठिनाइ, जोखिमता लगायतका विविध समस्याहरु हल हुने र यसले पेट्रोलियम पदार्थको बजार मूल्यमा समेत फरक पार्ने नेपाल आयल निगमले जनाएको छ ।
पहिलो चरणमा पाइपलाइनमार्फत डिजेल आपूर्ति गरिएको छ । पर्याप्त पूर्वाधार र भण्डारण व्यवस्थापन पछि भने मट्टीतेल र पेट्रोल समेत सोही पाइपमार्फत ढुवानी गरिने इण्डियन आयल निगम र नेपाल आयल निगमले बताएको छ ।
अहिले अमलेखगञ्ज पेट्रोल पम्प डिपोमा १६ हजार किलोलिटर तेल भण्डारण क्षमता रहेको छ ।
डिपोमा तेल आपूर्तिसँगै तेलको परीक्षण, सप्लाई र भण्डारणसम्मका सबै व्यवस्थापन मिलाइएको छ । यसअघि ट्याङ्करले भारतबाट नेपाल तेल ढुवानी गर्दै आएको थियो ।
हेर्नुस् भिडियो


