कालिका एफएमको १७ औ बर्ष पुरा , बार्षिकोत्सवका एकमहिने कार्यक्रम

 

चितवन भाद्र २३ ।
कालिका मिडियाले आफ्नो गौरवमय १७ औँ बार्षिकोत्सवका कार्यक्रम आज सार्वजनिक गरेको छ ।
कालिका मिडियाको परिसरमा आज (सोमबार) आयोजित पत्रकार सम्मेलनमा विगतका कार्यक्रमलाई निरन्तरता दिदै, केहि नयाँ कार्यक्रम समेत गर्न लागिएको जानकारी गराईएको हो ।
महिनाब्यापी रुपमा आयोजित बार्षिकोत्सवका कार्यक्रमहरुमा स्रोता लक्षित, सबै वर्ग र समुदायले अपनत्व महसुस गर्ने प्रकारका कार्यक्रमहरु रहेकोे कालिका मिडियाका अध्यक्ष तथा प्रबन्ध निर्देशक विक्रम पाण्डेले जानकारी दिनुभयो ।
कालिका मिडियाले १७ औँ बार्षिकउत्सवमा विभिन्न क्षेत्रलाई लक्षित गरि १४ वटा कार्यक्रम तय गरेको छ । यो बर्ष महिला हिंसा तथा चेलिबेटी बेचविखन विरुद्ध अन्तरक्रिया कार्यक्रम र लागु औषध प्रयोगकर्ताको अवस्था विषयक अन्तरक्रिया कार्यक्रम कालिका मिडियाले नयाँ कार्यक्रमका रुपमा तय गरेको छ । भने १५ औँ कालिका म्युजिक अवार्ड, देवघाटका बृद्धबृद्धालाई सम्मान तथा स्वास्थ्य परीक्षण, बृहत्त राष्ट्रिय लोकदोहोरी तथा विविध साँस्कृतिक महोत्सव, राष्ट्रिय पञ्चै तथा सार∙ी गन्धर्व बाजा प्रतियोगिता, शिक्षक तथा प्राध्यापकहरुलाई लक्षित गर्दै फुटसल प्रतियोगिता, अन्तर सहकारी महिला हाजिरीजवाफ प्रतियोगिता, कृषक समुह बीच हारिरीजबाफ प्रतियोगिता, श्रष्टा, सृजना र संवाद कार्यक्रम, अन्तरकर्मचारी प्रतियोगिता कार्यक्रम रहेका छन् । यस बर्ष कालिका म्युजिक अवार्डमा ३० विधामा प्रदान गर्ने भएको छ ।
कालिका मिडियाले असोज १ गते देवघाटमा रहेका बृद्ध–बद्धालाई सम्मान, खाना खुवाउने कार्यक्रम तथा स्वास्थ्य परीक्षण गरेका आफ्ना बार्षिकउत्सवका कार्यक्रमहरु सुरु गर्ने जनाएको छ । त्यस्तै शिक्षकहरुलाई मध्यनजर गर्दै असोज ३, ४ र ५ गते शिक्षक तथा प्रध्यापकहरु बीच फुटसल प्रतियोगिता गरेको छ । असोज ७ गते अन्तर सहकारी महिलाहरु बीचको हाजिरीजवाफ प्रतियोगिता, असोज ९ गते अन्तर कृषक समुह हाजिरीजवाफ प्रतियोगिता, असोज ११ गते श्रष्टा, सृजना र संवाद कार्यक्रम, पञ्चैबाजा तथा सार∙ी (गन्धर्व) बाजाको प्रतियोगिता कार्यक्रम हुने भएको छ ।

असोज १४ गते चेलिबेटी बेचविखन विरुद्ध सचेतनाका लागि अन्तरक्रिया, असोज १५ गते बृहत लोकदोहोरी तथा विविध सांस्कृतिक महोत्सव, असोज १६ गते लागु औषध प्रयोगकर्ताको अवस्था र न्यूनिकरण विषयक अन्तरक्रिया, असोज १७ गते अन्तर कर्मचारी खेलकुद प्रतियोगिता, असोज २६ गते कालिका एफ.एम स्थापनाको १७ औँ बार्षिकोत्सवको दिपावलीको कार्यक्रम गरिएको छ । १५ औँ कालिका म्युजिक अवार्ड तथा बार्षिकोत्सव समापन समारोह असोज ३० गते नारायणी कला मन्दिरमा हुने जनाईएको छ ।
२०५९ सालमा भरतपुरमा स्थापना भएको कालिका एफएमले पछिल्लो पटक साँगितिक एफएफ, टेलिभिजन र अनलाईन न्युज समेत सञ्चालन गरेको छ ।

ताजा अपडेट