दीपज्योति र अभिवृद्धि सहकारी एकीकरण घोषणा

चितवन २१ भदौ । भरतपुरका दुइवटा सहकारी दीपज्योति र अभिवृद्धि एकीकरण भएको आज औपचारिक घोषणा गरेका छन् ।
सहरकारीको एकीकरण अभियानमा पछिल्लो पटक दुइवटा सहकारी एक भएको घोषणा गरेका हुन् । भरतपुरमा भएको औपचारिक कार्यक्रममा दुइवटा सहकारीका कार्यसमिति र शेयर सदस्यहरुलाई भेला पारेर एकीकरण गरेको सार्वजनिक गरेका हुन् ।
अब दीपज्योति अभिवृद्धि सहकारीका नामले चिन्छि । दीपज्योतिको कार्यालय भरतपुर–११ मा र अभिवृद्धिको भरतपुर–१० मा सञ्चालन हुँदै आएकोमा अब मुख्य कार्यालय साविकको दीपज्योति बचत तथा ऋण सहकारीको कार्यालयमा र अभिवृद्धिको कार्यालय रहेको ठाउँमा विस्तारित सेवा केन्द्र रहने आज जानकारी दिएको छ ।
दीपज्योति २०५१ माघ ७ गते र अभिवृद्धि २०५६ मा स्थापना भएको थियो । दीपज्योतिका अध्यक्ष भोला शिवाकोटी र अभिवृद्धिका अध्यक्ष तुल्सीराम आचार्यले एकीकरणको घोषणा गर्नु भएको थियो । दीपज्योतिको २ हजार २ सय ५२ जना शेयर सदस्य रहेको छ भने शेयर रकम ३ करोड ३३ लाख ७२ हजार ९ सय रहेको छ । कुल बचत २७ करोड ९ लाख ३६ हजार १५४ रहेको छ ।
अभिवृद्धि सहकारीको शेयर सदस्य ७ सय २० जना रहेको छ । शेयर पुजी १ करोड ३३ लाख ७२ हजार रहेको छ भने कुल बचत ५ करोड ८३ लाख ६८ हजार ३६२ रहेको छ ।

शेयर गरौ

ताजा अपडेट