विप्लव लाई वार्तामा आउन नेकपा नेता जनार्दन शर्माको आग्रह

काठमाडौं, २० भदौ  :

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता जनार्दन शर्मा ‘प्रभाकर’ले नेत्रविक्रम चन्द ‘विप्लव’लाई वार्तामा आउन आग्रह गरेका छन् ।

प्रेस सङ्गठन दाङले तुलसीपुरमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उनले बन्दुक पड्काएर समाजवाद नआउने भएकाले मूलधारको राजनीतिमा फर्कन विप्लवलाई आग्रह गरे ।  नेपाली जनताको लामो संघर्ष र बलिदानबाट ल्याइएको संविधानलाई कार्यान्वयनको दिशामा लैजानुपर्ने उनले बताए ।

त्यसका लागि नेकपा पूर्ण प्रतिवद्धताका साथ अगाडि बढिरहेको नेता शर्माको भनाइ छ ।, नेता शर्माले देशलाई ठूलो लगानी आवश्यक रहेको भन्दै मुलुकमा विदेशी लगानी भित्र्याउनेतर्फ सरकार गम्भीर भएर लागेको बताए ।

शेयर गरौ

ताजा अपडेट