दक्षिण एसियाको संगठन (वाक)को उपाध्यक्षमा सुरेन्द्र पाण्डे चयन

काठमाण्डौ १९ भदौ । नेकपाका स्थायी कमिटी सदस्य तथा पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डे पानीको मुद्दाका विषयमा काम गर्ने सस्था दक्षिण एसियाको संगठन (वाक) को उपाध्यक्षमा चयन हुनु भएको छ ।
एसियाली संसदहरुको पहलमा दक्षिण कोरियामा भएको वैठकमा भाग लिन जानु भएका पाण्डेलाई उपाध्यक्षको जिम्मेवारी दिइएको हो । सोलमा भएको एसियन नेशनल एसेम्ली बाटर कन्सलटेटिभ बोर्ड (वाक)को अध्यक्षमा दक्षिण कोरियाका उपसभामुख जोसियोङ योङ चयन हनु भएको छ । सम्मेलनबाट अर्का दुइ उपाध्यक्षमा पाकिस्तानका महमद भानडा, कम्वोडियबाट चन्दारा चयन भएका छन् । कोषाध्यक्षमा भने कोरियाकै संसद चयन भएका छन् ।
महासचिवमा विज्ञ समुहबाट निर्वाचित भएका छन् । सम्मेलनमा ६ देशबाट सांसद तथा विज्ञहरुको सहभागीता रहेको थियो । नेपालबाट सहभागी हुनु भएका माननीय अमृता थापा, माननीय रामवावु कुमार यादवलाई पनि सदस्यमा नियुक्त गरिएको छ । दक्षिण एसियामा पानीको समस्याका विषयमा समितिले काम गर्ने छ । वैठकमा भाग लिएर चितवनको निर्वाचन क्षेत्र नंं १ का सांसद समेत रहनु भएका पाण्डे आज स्वदेश फर्किनु भएको छ ।

शेयर गरौ

ताजा अपडेट