देवघाटलाई नेपालकै आकर्षक धार्मिक स्थल बनाइने : मन्त्री भट्टराई

चितवन समाचार डटकम
देवघाट १८ भदौ ।

सस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्री योगेशकुमार भट्टराईले देवघाटधामलाई नेपालकै आकर्षक धार्मिक स्थलका रुपमा विकास गर्न लागेको बताउनु भएको छ ।
वुधबार देवघाटधाम क्षेत्रको अवलोकलन निरीक्षणपछि आयोजित कार्यक्रममा बोल्दै उहाले मन्त्रालयले महत्वपूर्ण धार्मिक स्थललाई प्राथमिकताका साथ हेरेको भन्दै यसको विकासमा आफू सकरात्मक भएको जानकारी दिनु भयो । देवघाटको धेरै चर्चा भएपनि यहाँको विकास त्यो अनुसार हुन नसकेको भन्दै चिन्ता व्यक्त गर्नु भयो । उहाले भन्नु भयो ‘सबैभन्दा पहिला यहाँको विकास कसरी गर्ने हो तपाईहरुले योजना ल्याउनुन म त्यसलाई अध्ययन गरेर कार्वान्वयन गर्ने छु ।’
देवघाट क्षेत्र विकास समितिले अयोजना गरेको छलफलमा मन्त्री भट्टराईले देशमा मात्र नभइ विदेशमापनि देवघाटको प्रचार गरेर लाखौ पर्यटक यहाँ ल्याउन सकिने सम्भावना भएको बताउनु भयो । प्रचारप्रसार र यहाँको पूर्वाधारमा जोड दिनु पर्नेमा उहाँको भनाइ थियो । देवघाट क्षेत्रमा सार्वजनिक जग्गा अतिक्रमण गरी वनेका घरटहरालाई हटाउने, यहाँको जग्गा संरक्षण गर्ने, महत्वलाई विश्वभर फैलाउने, देवघाट जस्तै अन्य क्षेत्रमा रहेका धार्मिक सास्कृतिक महत्व बोकेका स्थानको संरक्षण र प्रवद्धन गर्न मन्त्रालय लागि परेको जानकारी दिनु भयो ।
मन्त्री भट्टराईले देवघाट क्षेत्र र अन्य धार्मिक क्षेत्रमा आउदो वर्षबाट विकासको लागि बजेट बृद्धि हुने जानकारी दिनु भयो । यहाँको धार्मिक र प्राकृतिक महत्वलाई बचाएर विकासको काम गर्नको लागि निर्देशन दिनु भयो ।
चितवन, तनहँु र नवलपरासीको संगम स्थलको रुपमा रहेको देवघाटधाममा माघेसंक्राती, साउन महिनामा लाखौ भक्तजनहरु आउने गर्दछन् । योसंगै अन्य धार्मिक पर्वहरुमा विशेष मेला र भक्तजनको भिड लाग्ने गरेको छ । देवघाट क्षेत्र विकास समितिका अध्यक्ष शिवराज पौडेलले यहाँको समस्या, सम्भावना र चुनौतिका विषयमा मन्त्री भट्टराइलाई जानकारी गराउनु भएको थियो । बजेटको अभावमा यहाँको विकास र संरक्षण गर्न कठिन भएको भन्दै विस्तृत विवरण क्षेत्र विकास समितिका कार्यकारी निर्देशक धिरणबाबु घिमिरेले जानकारी गराउनु भएको थियो ।
मन्त्री भट्टराइले देवघाटधामको विभिन्न स्थानको अवलोकन गर्नु भएको थियो । यहाँको विकासको लागि सरकारले ल्याएको चालु आर्थिक वर्षको नीति तथा कार्यक्रममा समेटिएको थियो । तर बजेट भने न्युन छुट्टाइको छ ।

शेयर गरौ

ताजा अपडेट