अस्थितरता कायम गर्नेहरु सक्रिय भएका छन् : अध्यक्ष प्रचण्ड

चितवन १८ भदौ । नेकपाका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अझैपनि अस्थिरता कायम गर्न सकिन्छकी भनेर तानावुना वुन्ने प्रयास भइराखेको बताउनु भएको छ ।
भरतपुर विमान स्थल विस्तारको विषयमा आज महानगरपालिकाको कार्यालयमा भएको कार्यक्रममा उहाले विकास हुन नदिनको लागि विभिन्न षडयन्त्रहरु भइराखेको बताउनु भयो । कसले षडयन्त्र गरिराखेको छ भन्ने कुरा उल्लेख नगरेपनि विकास र परिवर्तन नचाहने तत्वले अस्थितरता कायम गर्न खोजेको बताउनु भयो ।
उहाले भन्नु भयो नेपाललाई एउटा विकासको मोडल बनाउन लागि परेको छु, तर विकास हुन्छकी देश बनिहाल्छकी भन्नेहरुले गर्दा काम गर्न केही असजिलो भएको छ ।
चितवनको विकासमा आफ्नो विशेष ध्यान गएको जानकारी गराउदै प्रचण्डले भरतपुर विमान स्थललाई विस्तार गरेर ठुला जहाज आउने काम अब छिट्टै हुने बताउनु भयो । पर्यटन मन्त्रीको पहलले विमान स्थलको विस्तारको कामले तिब्रता दिने भन्दै केही दिन भित्रै सुरुवात हुने जानकारी दिनु भयो ।

शेयर गरौ

ताजा अपडेट