चितवन समाचार डटकम,
देवघाट १७ भदौ ।
धार्मिक पर्यटकलाई आकर्शित गर्नको लागि देवघाटमा शालिग्राम सिसमहल निर्माण गरिने भएको छ ।
विष्णु भगवनको प्रतिकका रुपमा मानिने शालिग्राम पाइने कालिगण्डकी नदीको संगम स्थल देवघाटनमा संरक्षणका लागि सिसमल निर्माण गर्न लागिएको हो । देवघाटन क्षेत्र विकास समितिका कार्यकारी निर्देशक धिरणबाबु घिमिरेले भन्नु भयो ‘देवघाट आएका धार्मिक पर्यटकले केही नयाँ विषय यहाँ हेर्न सक्नेछन्, हामीले शालिग्राम संरक्षणका साथै प्रदर्शनी स्थल निर्माण गर्न लागेका छौ ।’
देवभूमिको रुपमा परिचित यहाँ शालिग्राम पाइने एक मात्र नदी कालिगण्डकी रहेको छ । त्यही गण्डकीको काखमा भएको देवघाटमा संरक्षण गरी धेरै पर्यटन ल्याउने तयारी भएको छ उहाले भन्नु भयो । सिसा भित्र शालिग्राम संरक्षण गरेर राख्ने जुन भित्ता भरीनै देखिने प्रकारको हुन्छ उहाले भन्नु भयो नयाँ तरिकाले राखिने हुनाले यहाँको आकर्षक अलगै हुन्छ ।
देवघाट क्षेत्र विकास समितिका अध्यक्ष शिवराज पौडेलले भन्नु भयो यहाँको चर्चा धेरै भयो तर नयाँ काम देखिएन त्यसैले हामीले केही गरौ भनेर तयारी गरेका छौ । सिसमहल बनाउनको लागि समितिको पूर्ण वैठक बसेर निर्णय गरिसेका छौ पौडेलले भन्नु भयो । देवघाट क्षेत्रको मणिमुकुन्देश्वर पार्क भित्र निर्माण गरिने यो भवनको लागि करिब ६० लाख रुपियाँ लाग्ने अनुमान गरिएको कार्यकारी निर्देशक घिमिरेले जानकारी दिनु भयो । यस भवन भित्र एकसय २० प्रकारका शालिग्राम राखिने समितिले जनाएको छ । मुक्तिनाथदेखि बगेर आउने कालिगण्डकी देवघाटमा आएर त्रिशुली नदीसंग मिसिन्छ । यहाँ अझैपनि शालिग्राम पाइन्छ । यहा पाइने शालिग्रामको महत्व र आकर्षक अलगै भएको यहाँका धार्मिक अगुवाहरुले बताउनु गरेका छन् ।
देवघाटको धार्मिक महत्व धेरै भएपनि विदेश र स्वदेशमा पनि यहाँको प्रचार प्रसार प्रसस्त नहुदा यहाँ आउने पर्यटकको सख्या कमी भएको भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालले बताउनु भयो । देवघाट भन्दा कम महत्वभएका भारतका धार्मिक स्थलमा यहाँबाट भक्तजनहरु जाने गर्दछन तर यहाँ आउन मान्दैनन् उहाले भन्नु भयो अब धार्मिक पर्यटकको सख्या वृद्धि गर्नको लागि यहाँको विकास आवश्यक छ ।
यस्तै गरी देवघाट क्षेत्रमा रहेका सार्वजनिक जग्गाहरु व्यक्ति र विभिन्न जात विशेषले अतिक्रमण गरेकाले त्यसको पहिचान गरी संरक्षण गरी राख्नको लागि अभियान चलाउने भएको छ । विभिन्न जातको नाममा सार्वजनिक जग्गा अतिक्रमण गरेको भन्दै संरक्षणमा जोड दिएको समितिले जानकारी दिएको छ ।


