प्रधानमन्त्री ओलीलाई भेट्न पौडेल सिंगापुर प्रस्थान : अन्तिममा गौतमको टिकट क्यान्सिल

काठमाडौं १७ भदौ । सिंगापुरमा उपचार गराइरहनु भएका प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न नेकपाका महासचिव विष्णु पौडेल आज प्रस्थान गर्नु भएको छ ।
महासचिव पौडेलसहित अर्का नेता वामदेव गौतमपनि जाने तयारी रहेको भएपनि अन्तिम समयमा आएर टिकट क्यान्सिल भएको थियो । उपचार गरेर शुक्रबार फर्कन लाग्नु भएका प्रधानमन्त्री ओलीलाई भेट्न आज दिउसो १ बजे पौडेल जानु भएको हो ।
सिंगापुर जानुुअघि महासचिव पौडेलले आफू प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाबारे बुझ्न जान लागेको र सँगै फर्किने तयारी रहेको जानकारी दिनुभयो । प्रधानमन्त्रीको छैटौं चरणको प्लाज्मा फेरेसिस प्रक्रियाबाट उपचार प्रक्रिया हिजो भएको थियो । बुधवार अन्तिम चरणको उपचार प्रक्रिया सकिएपछि भदौ २० गते स्वदेश फर्किने तयारी रहेको छ ।

शेयर गरौ

ताजा अपडेट