विद्यार्थी पक्राउको विरोधमा भरतपुरमा प्रदर्शन

चितवन, १७ भदौं । विद्यार्थी पक्राउका विरोधमा चितवन मेडिकल कलेजका विद्यार्थीले आज भरतपुरमा प्रदर्शन गरेका छन् ।
कोठामा बसिराखेका चिकित्सा शिक्षा संर्घष समितिका अभियन्ता प्रविन स्याङ्तानलाई काम छ भन्दै प्रहरीले बोलाएर पक्राउ गरेको भन्दै विरोधमा उत्रेका हुन् । स्याङ्तान डेन्टल चिकित्सा विज्ञानमा अध्ययनरत रहेका थिए ।
विनाकारण विद्यार्थी नेता पक्राउ गरिएको भन्दै तत्काल रिहाई गर्न माग गरेका छन् । प्रहरीको ज्यादती भएको भन्दै प्रहरी प्रशासनको विरोधमा प्रदर्शनमा आएका विद्यार्थीले चर्का नारावाजी गरेका थिए । चितवन मेडिकल कलेजको परिसरबाट सुरु भएको विरोध प्रदर्शन चौविसकोठीमा आएर सकिएको थियो । चितवन मेडिकल कलेजले तोकिएको भन्दा जथाभावी शुल्क लिएको विषयमा आन्दोलनरत विद्यार्थी नेतालाई पक्राउ गरिनुमा केही रहस्या भएको बताएका छन् ।
प्रहरीले नियनत्रणमा लिएका विद्यार्थीलाई विना सर्त छाडिनु पर्ने माग राखेका छन् । नछाडेमा कडा सघर्ष गर्ने चेतावनी दिएका छन् । मेडिकल कलेजले शुल्क तोकिएको भन्दा बढि लिएको भन्दै विद्यार्थीले आन्दोलन गर्दै आएका छन् । विद्यार्थीको आन्दोलनपछि शिक्षा मन्त्रालयले समेत शुल्कका बारेमा छलफल गर्ने तयारी रहेको बेला नेता पक्राउ पर्नु षडयन्त्र भएको विद्यार्थी नेता प्रकाश चन्दले बताउनु भयो । सोधपुछको लागि प्रविनलाई पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ ।

शेयर गरौ

ताजा अपडेट