प्रम ओलीलाइ भेट्न गौतम र पौडेल सिंगापुर जाने

 

काठमाडौ १६ भदौ। नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता बामदेव गौतम र महासचिव विष्णु पौडेल प्रधानमन्त्रीको स्वास्थ्य अबस्था बारे जानकारी लिन सिंगापुर जानु हुने भएको छ।

दुबै नेता सिंगापुरमा उपचाररत पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न त्यसतर्फ जान लाग्नु भएको नेकपाले जनाएको छ । भोलि मङलबार   १ बजे सिंगापुरतर्फ प्रस्थान गर्ने कार्यक्रम रहेकोछ ।

प्रधानमन्त्री ओलि स्वास्थ्य उपचार गरेर शुक्रबार फर्कने कार्यक्रम छ । त्यसअघि प्लाज्मा फेरेसिक प्रक्रियाबाट शरीरमा रहेको एन्टीबडी घाटाउने अन्तिम उपचार हुँदैछ । यो उपचारअघि ओलीलाई भेट्ने र सँगै फर्किने योजनाका साथ दुबै नेता सिंगापुर जान लागेको हो ।

भदौ ५ गते स्वास्थ्य उपचारका लागि सिंगापुर जानू भएको ओलीको प्लाज्मा फेरेसिस प्रक्रियाबाट एण्टीबडीको मात्रा घटाउन उपचार भइरहेको छ ।

शेयर गरौ

ताजा अपडेट