चितवन १६ भदौ । हरितालिका तीज र श्रृङगारका सामग्री यी दुवैको पर्वको रुपमा लिइन्छ । महिलाको चाढको रुपमा रहेको यस पर्वमा श्रृङगारका सामग्रीको व्यापार पनि ह्वात्तै बढेको छ ।
चितवनको नारायणगढ बजारमा दुइमहिना अगाडिदेखि श्रृङगारका सामग्रीको व्यापार बढेको व्यवसायीले जानकारी दिएका छन् । साउने पर्वको लागि असारदेखिनै चुरा पोते, सिन्दूर, अन्य सामग्रीको व्यापार बृद्धि भएको नारायगढका एक व्यापारी अब्दुल अजिज मियाले जानकारी दिनु भयो । लामोसमयदेखि चुराका सामग्री विक्री गर्दै आउनु भएका उहाले भन्नु भयो असारदेखि तिहारसम्म श्रृङगारका सामग्रीको व्यापार बृद्धि हुने गरेको छ ।
ठुलादेखि साना फुटपाथका पसलसम्म श्रृङगारका सामग्रीको व्यापार वढ्ने गरेको व्यवसायीको भनाइ रहेको छ । श्रृङगार मात्र नभइ कपडा, जुत्ताका सामग्रीको पनि व्यापार वढेको नारायणगढ गंगोत्री बजारका व्यवसायी गाणेश सापकोटाले जानकारी दिनु भयो । साडी, कुर्ताको व्यापार यो समयमा धेरै हुने गर्दछ उहाले भन्नु भयो चाढपर्वमा महिलाहरुकै सामग्री धेरै विक्री हुने गरेको छ ।
चितवनमा यतीनै श्रृङगारका सामग्री बिक्री हुने गरेको तथ्याँक नभएपनि करोडौ मुल्य बराबरको सामग्री चितवनको बजारमा खपत हुने गरेको व्यापारीहरुले जानकारी दिएका छन् ।
श्रृगारमा महिलाको मोह
तीजका दिन विशेषगरी महिलाहरुले रातो साडी वा पहिरानमा सजिने गर्छन् । हातभरी चुरा, गलामा पोतेका झुप्पा, साथमा कम्मरमा छड्के तिलहरी, कपालमा रातै धागो र विभिन्न गरगहनामा सजिने गर्छन् उनीहरु । तीजमा लगाउने पहिरनले महिलालाई आकर्षक मात्र देखिदैँन यसले नेपाली साँस्कृति समेत झल्काउने गर्छ ।
महिलाहरुले तीजकै लागि पनि विभिन्न श्रृगारका सामग्री किन्ने गर्छन् । आफुलाइ राम्री बनाउन र आकर्षक देखाउनका लागि उनीहरु कष्मेटिकदेखि ज्वेयलर्सको सामान समेत प्रयोग गर्छन् ।
तीजमा मात्र नभइ जुनसुकै समयपनि प्रयोग गर्न मिल्ने श्रृगारका विभिन्न सामग्री पछिल्ला समय सबैले प्रयोग गर्न थालेका छन् त्यो सँगै आयत पनि बढेको देख्न सकिन्छ ।
बढ्दै चुराको आयत
महिलाहरुले लगाउने चुरालाई श्रृगारको सामानका रुपमा लिइन्छ । नेपाली बजारमा विशेषगरी चाडपर्वमा समयमा उलेख्य मात्रामा चुराको आयत हुने गरेको भन्सार विभागले जनाएको छ ।
महिलाहरुले प्रयोग गर्ने अधिकांश श्रृगारका सामान वाह्य मुलकबाटै मगाउनुपर्ने अवस्था छ । नेपालका कुनै पनि सामग्री उत्पादन हुँदैन । जसकारण वर्षेनी करोडौं रुपैयाँका चुरा भारत तथा चीनबाट मगाइने गरिन्छ ।
नेपालमा प्रयोग हुने कस्मेटिकका सामानहरु भारतबाट ९५ प्रतिशत र बाँकी ५ प्रतिशत सामान चीन र जर्मनबाट आयत हुने विभागका सूचना अधिकारी शिशिर घिमिरेले जानकारी दिनु भयो । ‘आयत हुनेमा भारत, चीन र जर्मन पर्छन’ ।
चुराको आयतको अवस्था
आर्थिक वर्ष २०७५र७६ मा कुल ५ करोड ३५ लाख ४९ हजार रुपैयाँको बराबरको चुरा पोते, टीका, टिकुली, ब्याङगल र पोते आयत भएको छ ।भन्सार विभागको तथ्याङ्क हेर्दा आर्थिक वर्ष २०७४र७५ मा ३ करोड ९८ लाख ७७ हजार ५ सय ४९ रुपैँयाँको चुरा, टिका, टिकुली तथा ब्यागलको आयत भएको थियो ।
त्यस्तै, आर्थिक वर्ष २०७३र७४ मा ३ करोड १४ लाख ८५ हजार रुपैयाँ बराबरको चुरा, टिका र टिकुली आयत भएको विभागको तथ्याङ्कमा उल्लेख गरिएको छ ।


