एक्लै यौन सन्तुष्टि कसरी लीने ?

काठमाडौं । दुई व्यक्तिबीच शारीरिक सम्पर्क गरेर यौन सन्तुष्टि लिने प्रक्रिया सबैभन्दा सहज प्रक्रिया हो तर सधैँ यो सम्भव हुन्न ।

विवाह पछिको अवस्थामा समेत श्रीमान्–श्रीमती सधैँ सँगै नहुन सक्छन् ।  हाम्रो समाजमा विवाहअगाडि शारीरिक सम्पर्कको माध्यमबाट यौन सन्तुष्टि लिनु सामाजिक रुपमा समेत जटिल छ । अझै पनि हाम्रो समाजमा यौन सम्बन्धलाई चरित्र र सामाजिक प्रतिष्ठासँग जोडेर हेर्ने गरिन्छ । यसले पनि एक्लो अवस्थामा यौन सन्तुष्टि लिन महिलालाई गाह्रै छ ।

तर विवाहित हुन् या एक्लो महिला, यौन चाहनालाई निषेध गर्न सम्भव छैन । शारीरिक, मानसिक, सामाजिक र आध्यात्मिक कोणबाट समेत यौन चाहनालाई केही समय पर धकेल्न सकिएला तर पूरै नियन्त्रण गर्न सम्भव छैन । यो प्राकृतिक नियम नै हो ।

यौनसँग शारीरिक चाह मात्रै जोडिन्न । योसँगै भावनासमेत जोडिएर आउँछ । त्यसैले विवाहित हुन् या अविवाहित, आफ्नो जोडीसँगको सुरक्षित सम्बन्ध नै यौन सन्तुष्टिको प्राकृतिक प्रक्रिया हो । यस्तो सम्भव नभए यसका सुरक्षित विकल्प पनि छन् तर यी विकल्प स्थायी हैनन् ।

पहिलो विकल्प आफ्नो यौनाङ्गमा आफैंले घर्षण गर्ने नै हो । आफ्नो स्तन आफैं माड्ने, योनी चलाउने गरेर यौन चाहना मेटाउन सकिन्छ । हातका औँलाले यौनाङ्ग चलाउँदा  यौनरसादि निस्किन्छ । यौनरसादि निस्किँदा आनन्द अनुभव हुन्छ । यो सुरक्षित प्रक्रिया पनि हो ।

पछिल्लो समय यौन सन्तुष्टिका लागि यौन खेलौनाको प्रयोग गर्ने प्रवृत्ति पनि बढेको देखिन्छ । पश्चिमा मुलुकसँगै नेपालमा समेत सेक्स टोय सहज रुपमा पाउन थालेको छ । अहिले त सेक्स रोबोटसमेत बनिसकेका छन् ।

तर स्वास्थ्य र यौन सन्तुष्टिका हिसाबले यौन खेलौना स्वस्थ अभ्यास भने हैन । प्राकृतिक रुपमा (यौन जोडीसँग) यौन सम्पर्क गर्दा योनिबाट योनि रसायन निस्कन्छ । त्यसैले यौनानन्द तथा यौन सन्तुष्टि प्राप्त हुन्छ । सेक्स टोयको प्रयोग गर्दा केही समय आनन्दको अनुभव हुनसक्ला तर यो भरपर्दो हुन सक्दैन ।
शारीरिक रुपमा यौन सम्पर्क गर्दा शारीरिक मात्रै हैन एकअर्काबीच भावनासमेत साटासाट हुन्छ । प्राकृतिक सहवासमा शरीरसँगै भावना समेत मिसिन्छ ।शरीरसँगै मानसिक रुपमा समेत आनन्द पाउन सकिन्छ ।

सेक्स टोयको प्रयोगले शारीरिक सन्तुष्टि त पाउन सकिएला तर मानसिक सन्तुष्टि सम्भव हुन्न । यसले क्षणिक रुपमा शारीरिक आवश्यकता पूरा हुन्छ तर दीर्घकालमा मानसिक रुपमा नकारात्मक प्रभाव पार्न सक्छ । त्यसैले यौन जीवनमा सकेसम्म प्राकृतिक प्रक्रिया नै अपनाउनु पर्छ । प्राकृतिक प्रक्रिया नै शारीरिक र मानसिक स्वास्थ्यका लागि लाभदायक हुन्छ ।

शुक्रबारबाट

ताजा अपडेट