राक्सिराङ गाउँपालिकामा बालविवाह बिरुद्धको सचेतना अभियान शुरु

मकवानपुर १८ माघ ।

सामाजिक कुरीतिका रुपमा रहेको बालविवाह अन्त्यका लागि राक्सिराङ गाउँपालिकामा बालविवाह बिरुद्धको सचेतना अभियान शुरु गरिएको छ ।

लिसा हिमालय इ. भि. र दिगो विकासका लागि एकता (युएसडी) नेपालले राक्सिसाङ गाउपालिकासँग सहकार्य गरी अभियान शुरु गरिएको हो ।

अभियानको उद्घाटन राक्सिराङ गाउँपालिकाका अध्यक्ष राजकुमार मल्लले गाँउपालिकाको वडा नं. ८ देबिटार स्थित श्री आधारभूत विद्यालयमा आयोजित एक कार्यक्रमका वीच बालविवाह विरुद्धको सचेतना मुलक होर्डिङ बोर्डबाट गरेका थिए ।

कार्यक्रमको उद्घाटन गर्दै राक्सिराङ गाउँपालिकाका अध्यक्ष राजकुमार मल्लले आफ्नो गाँउपालिकामा बालबिबाहको अन्त्यका लागि आवश्यक सबै पहल गर्ने वताए ।
गाँउपालिकालाई बाल विवाह मुक्त वनाउन आफुले नेतृत्व लिने र बालविवाहका सवालमा गाँउपालिका चुप लागेर नबस्ने वताए ।

संघ र प्रदेश सरकारको बाल विवाहको अन्त्यका लागि बनाएका नीतिहरुको समेत कार्यान्वयन गर्दै आफ्नो गाँउपालिका बाल विवाह मुक्त गाँउपालिकाका रुपमा स्थापित गराउने बताएका थिए ।

कार्यक्रममा गाउँपालिका उपाध्यक्ष निर्मला हिमडुंगले बालविवाह हुन लागेमा वा भएमा तुरुन्त गाँउपालिकालाई खवर गर्न सबैलाई अनुरोध गरे ।

शेयर गरौ

ताजा अपडेट