काठमाडौँ, १५ भदौ :
पाकिस्तानका प्रधानमन्त्री इमरान खानले भारतको पूर्वोत्तर राज्य आसाममा मोदी सरकारले चालेको पछिल्लो कदम नश्लीय सफाईको उद्देश्यले अघि सारेको योजना भनि टिप्पणी गर्नुभएको छ ।
माइक्रो ब्लगिंङ ट्वीटरमा साइट ट्वीटरमा ट्वीट गर्दै खानले भन्नुभएको छ, भारतीय र अन्तर्राष्ट्रिय सञ्चार माध्यममा आइरहेको मोदी सरकारको मुसलमानको नश्लिय सफाईको योजनाले विश्वजगत चिन्ता पैदा गर्नु जरुरी छ । भारत सरकारले चालेको पछिल्लो कदम कश्मीरमा अवैध कब्जा र मुसलमानलाई निशाना बनाउने अर्को व्यापक नीति भएको उहाँको आरोप छ ।
यसअघि भारतको आसाम राज्यका १९ लाख भन्दा बढी मानिसको नाम राष्ट्रिय नागरिक रजिस्टर एनआरसीको अन्तिम सूचीमा समावेश नभएको भन्ने समाचार सार्वजनिक भएपछि खानले पछिल्लो प्रतिक्रिया जनाउनुभएको हो ।


