विकासका बाधकलाई सरकारले निस्तेज पार्ने मन्त्री अर्यालको दावी

काठमाडौँ, १५ भदौ :

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्‍माकुमारी अर्यालले विकासका बाधकलाई सरकारले निस्तेज पार्ने दावी गरेकी छन् ।

उनले गुण्डागर्दी गर्दै हिड्ने विकासका बाधकलाई हटाइने चेतावनी दिइन्। उपकार बचत तथा क्रृण सहकारी संस्था वालिङले स्याङ्जाको वालिङमा आयोजना गरेको चौथो खुल्ला तिज गीत प्रतियोगिताको उद्घाटन गर्दै मन्त्री अर्यालले काम नगर्ने ठेकेदारका दिन समाप्त भएको मन्त्री बताइन् ।

काम नगर्ने ठेकेदारको दिन समाप्त भएको भन्दै मन्त्री अर्यालले विकासका लागि जनप्रतिनिधि साझा भएको समेत बताइन्। अर्को प्रसंगमा बोल्दै मन्त्री अर्यालले सानो त्यान्द्रो समातेर सत्ता परिवर्तन गर्छु भन्ने दिवा सपना नदेख्न आग्रह गरिन्। पछिल्ला समय सामाजिक सञ्जालमा भएका टिकाटिप्पणीतर्फ संकेत गर्दै हरेकको मूल्याङ्कन जनताले गर्ने बताइन्।

मन्त्री अर्यालले सरकार जनताको सकरात्मक सुझाब र सल्लाहकै आधारमा अगाडि बढ्ने भन्दै हल्लाको पछि नलाग्न आग्रह गरिन्। सरकारले सिद्धार्थ राजमार्गलाई छोटो र फराकिलो बनाउने भन्दै बुटवल पोखराको बाटो २ घण्टामा छोट्याईने योजनाका साथ अगाडि बढेको उनको भनाइ थियो ।

शेयर गरौ

ताजा अपडेट