चितवन १४ भदौ । शनिबार सम्पन्न मुक्तिनगर विकास समाज भरतपुर ११ को पाँचौ अधिवेशनले कविराज अधिकारीको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ ।
तदर्थ समितिका संयोजक विमला शर्माको अध्यक्षतमा भएको अधिवेशनले महिला उपाध्यक्षमा विमला शर्मा, उपाध्यक्षमा इश्वरीप्रसाद पण्डित, सचिव टीकाराम देवकोटा, कोषाध्यक्ष मेनका पौडेल, सहसचिव मनहरि आचार्य, सदस्यहरुमा गणेशप्रसाद भट्टराइ, इन्द्रबहादुर गुरुङ, रामचन्द्र आचार्य, शिव कोइराला, सीता शर्मा, प्रेम प्रभा क्षेत्री अधिकारी, गोविन्द खकुरेल चयन गरेको छ ।
३ नं. प्रदेश सांसद विजय सुवेदी, ३ नं. प्रदेशका योजना आयोग सदस्य प्राध्यापक डाक्टर रामचन्द्र ढकालले समाज विकासमा सामाजिक सस्थाको योगदान रहेको बताउनु भयो । ११ नं. का वडा अध्यक्ष वावुराम अधिकारीले योजना निर्माण तथा विकासमा नयाँ कमिटीको सहयोग आवश्यकता रहेको बताउनु भयो । कार्यक्रममा महिला जनप्रतिनिधि बिमला बि.क., वडा नं ११ को पूर्व वडा अध्यक्ष लिला खड्का, सामुदायिक टोल विकास संस्थको अध्यक्ष चन्द्रकुमारी खड्का, मुक्तिनगर टोलविकास संस्थाको अध्यक्ष ओबिदत्त पराजुली लगायतले मन्तव्य राख्नु भएको थियो ।


