दक्षिण कोरियाका नागरिकमा प्रजनन् दर न्यून

काठमाडौं, १३ भदौ :

दक्षिण कोरियाका नागरिकमा प्रजनन् दर न्यून देखिएको छ ।

दक्षिण कोरिया सरकारले केही दिनअघि सार्वजनिक गरेको एक तथ्यांकले उनीहरुको प्रजनन् दर यस वर्ष अझ कम हुँदै गएको देखाएको हो । सन् २०१८ मा दक्षिण कोरियालीको प्रजनन् दर ०.९८ रहेको छ । गत वर्ष दक्षिण कोरियाको प्रजनन दर १.०५ थियो ।

सन् २०१७ को तुलनामा सन् २०१८ मा ८.७ प्रतिशत बालबालिका कम जन्मिएको पाइएको हो । सन् १९७० यता सरकारले वार्षिक रुपमा प्रजनन् दरको तथ्यांक संकलन गर्न लागेको हो । दक्षिण कोरियाको यो तथ्यांकलाई तुलना गर्दा विश्वमै सबभन्दा कम प्रजनन् दर भएको मुलुक बन्ने देखिएको बताइएको छ ।

सन् २०१८ मा जापानको प्रजनन् दर १.४२ छ । सन् २०१८ मा अमेरिकाको प्रजनन् दर १.७२ छ । एक महिलाले आफ्नो जीवनकालमा जन्माउने बच्चाको औसत संख्याका आधारमा प्रजनन् दर मापन गरिन्छ । (एजेन्सी)

ताजा अपडेट