सत्तारुढ नेकपाको सचिवालय बैठक स्थगित

काठमाडौं, १३ भदौ :

सत्तारुढ नेकपाको सचिवालय बैठक स्थगित भएको छ ।

सचिवालय बैठक आव्हान भएको केहीबेरमा फेरि स्थगित गरिएको हो । अर्काे बैठकको मिति सार्वजनिक भएको छैन । यस अघि भाद्र ६ गते बसेको बैठकले आफ्ना नेता विरुद्ध सार्वजनिक रुपमा विरोध गर्न नपाउने निर्णय गरेको थियो ।

पार्टी एकताका क्रममा अब आयोगहरु र मञ्चहरुको गठनको काम मात्रै बाँकी छ ।

सूचनाअनुसार आजको बैठक नेता वामदेव गौतमले तयार पारेको कार्ययोजनालाई लिएर स्थगित भएको हो ।

शेयर गरौ

ताजा अपडेट