चितवन, १२ भदौ । पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले पर्यटन वर्षलाई केन्द्रीत गरी सौराहालाई चौविसै घण्टा खुला गर्ने तर्फ ध्यान दिनु पर्ने बताउनु भएको छ ।
पर्ययटीय क्षेत्रमा लागु गर्ने भवन निर्माण मापदण्ड सम्वन्धी सुझाब संकलन कार्यक्रममा मन्त्री पाण्डेले नेपाल आउने पर्यटक सुत्नलाई नभइ रमाइलो र खर्च गर्न आउने भएकाले सोही अनुसारको व्यवस्था गर्नु पर्ने बताउनु भयो । उहाले भन्नु भयो ‘घुम्नको लागि मानिस किन विदेश जान्छ साँझमानै सुत्नको लागि हो र ? रात्रीकालिन सुविधा के कस्तो छ, खान के पाइन्छ रमाइलो गर्ने साधन के छ यी हेर्न अनुभव गर्न आएका हुन् । साँझ ९ बजेनै बजार सुनसान हुने अवस्थाबाट विस्तार गरी २४ घण्टा खुला गर्नु पर्दछ ।’
बजार खुला भएमा अर्थतन्त्र चलाएमान हुन्छ व्यापार वढ्छ खर्च गर्ने व्यक्ति आउने भएकाले त्यसको सकरात्मक प्रभाव पर्न जाने बताउनु भयो । उहाले सौराहामा ४ वर्ष अगाडिदेखि निर्माण गर्ने भनिएको सभाहल जग्गा बिवादका कारण समस्या भएको तर अहिले सबै पकृया मिली टेण्डर प्रक्रियामा गईसकेको जानकारी दिनु भयो ।
रत्ननगर नगरपालिकाका प्रमुख नारायण बनले सौराहाको विकासको लागि र समस्या समाधानका लागि आफू सधैँ तयार रहेको बताउनु भयो । वनले भन्नु भयो ‘सौराहाको विकासको लागि मैले केहि समय अघि पर्यटनमन्त्री योगेस भट्टराईलाई भेटेर सौराहाको लागि नयाँ उपाहार दिनुस् भनेको छु ।’
होटल एसोसियसन अफ नेपाल, सौराहाका अध्यक्ष सुमन घिमिरेले चितवन घुम्न आउने पर्यटक मध्य ८२ प्रतिशत सौराहा आउने गरेको जानकारी दिनु भयो । ०७५÷०७६ मा चितवन राष्ट्रिय निकुञ्ज घुम्न १ लाख ८७ हजार पर्यटक आएकोमा सौराहामा त्यसको ८२ प्रतिशत मात्र आएको बताउनु भयो । उहाका अनुसार अहिले दैनिक सौराहामा दैनिक ७ हजार पर्यटक बस्न सक्ने क्षमता भएकोमा दैनिक ६०० मात्र पर्यटक मात्र मुस्किलले आउने गरेको बताउनु भयो । भ्रमण वर्षलाई सहयोग पु¥याउन र करिब ४ लाख पर्यटक भित्र्याउन घुमौ सौराहा अभियान चलाउनु पर्ने बताउनु भयो ।
सौराहाका घरमा एउटै रंग लगाउने
रत्ननगर नगरपालिकाले सौराहामा भवन निमार्ण मापदण्ड लागु गरी भवन र त्यसमा लगाउने कलरमा एकरुपता ल्याउने भएको छ । सौराहाको पर्यटन विकासको लागि नगरपालिकाले रचनात्मक कामको सुरुवात गरेको भन्दै व्यवसायीहरुले त्यसको स्वागत गरेका छन । सौराहाको प्रकृति सौन्दर्यतालाई जोगाउन नगरपालिकाले व्यवसायीहरुसंग सहकार्य गरी भवन निर्माण र कलरमा एकरुपता लयाउन लागेको हो ।
६ महिना अघि लागु गरिएको मापदण्डमा साढे २ तल्ला भन्दा माथि निर्माण गर्न नपाउने र सबै भवनहरुमा वातावरणमैत्री कलर लगाउनु पर्ने अनिवार्य गरिएको मेयर नारायण वनले बताउनु भयो । यो व्यवसायीलाई समस्यामा पार्न गरिएको काम होइन उहाले भन्नु भयो सौराहालाई आर्कषक बनाउन सुरु गरिएको अभियान हो । भवन निर्माण मापदण्ड कार्यानवयनको लागि नगरपालिकाले विहीवार सौराहाका व्यवसायीहरुसंग छलफल गरेको छ ।
सौराहामा करिब १२० वटा होटल र ८० वटा रेष्टुरेष्ट रहेका छन । नगरपालिकाले होटल सञ्चालनको लागि बनाउने भवनको जग्गाको क्षेत्रफल र खुल्ला क्षेत्र समेत निर्धारण गरी १ देखि २ कठ्ठामा भवन बनाउदा ६० प्रतिशत खुल्ला क्षेत्र, २ देखि ४ कठ्ठामा भवन निर्माण गर्दा ५० प्रतिशत खुल्ला क्षेत्र र ४ कठ्ठा माथि भवन बनाउदा ४० प्रतिशत खुल्ला क्षेत्र हुनुपर्ने अनिवार्य गरेको छ । रेष्टुरेण्टको हकमा जग्गाको क्षेत्रफल ६ घुर देखि एक कठ्ठा सम्म ६० प्रतिशत खुल्ला क्षेत्र र १ कठ्ठा भन्दा माथी ५० प्रतिशत खुल्ला क्षेत्र हुनुपर्ने छ ।


