चितवन समाचार डटकम
१२ भदौ ।
सस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्री योगेश भट्टराइले भरतपुर विमान स्थलको स्तरवृद्धि संगै रात्रीकालिन उडानको तयारी रहेको बताउनु भएको छ ।
आज विहान भरतपुर विमान स्थलमा सरोकारवालासंगको छलफलमा विमान स्थलको धावन मार्ग विस्तार संगै रात्रीकालिन उडान गर्ने गरी तयारी अगाडि वढेको जानकारी दिनु भयो । नेपालभरीका विमान स्थलको स्तर वृद्धि गर्ने तयारी भएको भन्दै उहाले काठमाण्डौ उपात्यका नजिकै रहेको यो विमान स्थलको विस्तार छिटो गर्ने गरी काम अगाडि बढ्ने जानकारी दिनु भयो ।
विमान स्थलको उत्तर तर्फ रहेको नेपाली सेनाको व्यारेक र घोडा प्रजनन् क्षेत्रले केही समस्या दिएपनि त्यसलाई केही दिन भित्रै समाधानको बाटोमा लैजाने गरी अगाडि वडेको बताउनु भयो । उहाले भन्नु भयो अबको १० दिन भित्रमा नेपाली सेनाको प्रमुख, पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल, जिल्लाका सरोकारवाला बिच सयुक्त वैठक बसेर यो समस्या समाधान गर्ने बताउनु भयो ।
नेपाली सेनालाई उचित स्थानमा स्थानान्तरण गरी विमान स्थलको धावन मार्ग विस्तारको काम हुने बताउनु भयो । भरतपुर विमान स्थलको अवस्थाको बारेमा विमान स्थलका प्रमुख पवनकुमार गौतमले पर्यटन मन्त्रीलाई जानकारी गराउनु भएको थियो । साथै भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालले विमान स्थल जोखिम भएको भन्दै यसको धावन मार्ग विस्तारको विकल्प नरहेको बताउनु भयो ।
साथै पत्रकारहरुसंगको कुराकानीमा उहाले जेष्ठ नागरिकलाई ५० प्रतिशत हवाइ भाडामा छुट कार्यान्वयन हुने जानकारी दिनु भयो । केही हवाइ कम्पनीले यसमा आलोचना गरेको भएपनि देशको नियम कानुन कम्पनीले पलना गर्नुको विकल्प नरहेको बताउनु भयो ।


