साफ यु–१५ फुटबलमा नेपालद्धारा बंगलादेश ४–१ ले पराजित

काठमाडौं, ११ भदौ :

भारतमा जारी पाँचौं संस्करणको १५ वर्षमुनिको साफ पुरुष फुटबल च्याम्पियनसिपमा नेपालले साविक विजेता बंगलादेशमाथि शानदार जित हासिल गरेको छ ।

मंगलबार भारतको कल्याणीमा भएको खेलमा नेपालले बंगलादेशलाई ४–१ को फराकिलो अन्तरले पराजित गरेको हो । जारी प्रतियोगितामा नेपाललाई दोस्रो जित दिलाउनेक्रममा कृष्ण यादवले दुई तथा सुगन जिमी र प्रदीप लम्सालले एक/एक गोल गरे । बंगलादेशका मियाँले एक गोल फर्काए ।

पहिलो खेलमा भारतसित ५–० ले पराजित नेपालले दोस्रो खेलमा श्रीलंकामाथि २–० को जित निकालेको थियो । जितसँगै नेपाल ३ खेलबाट ६ अंकसहित तालिकाको दोस्रो स्थानमा पुगेको छ । बंगलादेश र नेपालको समान ६/६ अंक भएपनि ‘हेड टु हेड’मा नेपाल अगाडि रहेको हो ।

लगातार तेस्रो जित दर्ता गरेको भारत शीर्ष स्थानमा छ । अब नेपालले अन्तिम खेलमा बिहीबार भुटानसित खेल्नेछ । ‘राउन्ड रोबिन’को आधारमा भइरहेको प्रतियोगिताका शीर्ष दुई टोलीले उपाधिका लागि फाइनल खेल्नेछन् ।

शेयर गरौ

ताजा अपडेट