मनसुनी गतिविधि कमजोर हुँदा देशैभर गर्मी बढ्यो, गर्मी अझै बढ्ने सम्भावना

काठमाडौं, ११ भदौ :

पानी कम पर्दा देशभरी नै गर्मी बढेको छ ।

पानी कम परेको र बादल पनि कम लागेकाले गर्मी बढेको मौसमविद्ले बताएका छन् । तत्काल नै ठूलो पानी पर्ने कुनै प्रणाली नदेखिएकाले गर्मी अझै बढ्ने मौसमविद् वरुण पौडेलले बताउनुभयो । तर पहाडी भेगका थोरै ठाउँमा भने हल्का पानी पर्ने सम्भावना रहेको उहाँले बताउनुभयो ।

मनसुनी न्यूनचापीय रेखा (मनसुनको समयमा वर्षा हुने प्रणाली) नेपालबाट दक्षिणतर्फ रहेकाले कम पानी परेको हो । तर स्थानीय वायुको प्रभावले पहाडी भेगको थोरै ठाउँमा भने चट्याङसहित हल्का पानी पर्ने सम्भावना रहेको उहाँको भनाइ छ ।

उहाँका अनुसार थोरै ठाउँमा हल्का पानी परे पनि अझै केही दिन गर्मी घट्ने सम्भावना भने छैन । बुधबार देशैभर आंशिकदेखि सामान्य बदली हुने र पहाडी भूभागका केही ठाउँमा हल्कादेखि मध्यम वर्षा हुने सम्भावना रहेको महाशाखाले जनाएको छ ।

शेयर गरौ

ताजा अपडेट