लामो समयदेखि झन्डै सात हजार कर्मचारीको दरबन्दी रिक्त

काठमाडौं, ११ भदौ :

केन्द्रीय सरकारका विभिन्न मन्त्रालय तथा निकायमा लामो समयदेखि झन्डै सात हजार कर्मचारीको दरबन्दी रिक्त रहेको छ ।

केन्द्रीय सरकारमै त्यति धेरै कर्मचारी अभाव हुँदा पनि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले पदपूर्ति प्रक्रिया भने थाल्न सकेको छैन ।

कर्मचारी अभाव हुँदा नीति निर्माण तहदेखि सेवा प्रवाहसम्म समेत गम्भीर समस्या परिरहेको अधिकारीहरुले बताएको  छ ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अनुसार हाल केन्द्रीय सरकारमा खरिदारदेखि सहसचिवसम्मका विभिन्न सोव समूहमा गरी सात हजार पद रिक्त रहेका हुन् ।

शेयर गरौ

ताजा अपडेट