सरोज सुमन
चितवन १८ माघ ।
लियो क्लब अफ नारायणगढको आयोजनामा यहि माघ १९ गते शनिबार मंगलपुरको फुर्तीचोकमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने भएको छ ।
मंगलपुर स्वास्थ्य चौकी र भरतपुर पोलिक्लिनिकको सहयोगमा सञ्चालन हुने उक्त शिविरमा विशेष गरि स्त्री तथा प्रजनन् रोग बिशेषज्ञ डाक्टर नारायणप्रसाद पौडेलले बिरामीको चेकजाँच गर्नुहुनेछ । यस्तै जनरल फिजिसियन डाक्टर प्रदिप सापकोटा, रेडियोलोजिस्ट डाक्टर सुरेश त्रिपाठी र डाक्टर आशिष तिवारीले बिरामी चेकजाँच गर्ने शिविर संयोजक मोहन तिवारीले जानकारी दिनुभयो ।
टोलटोलमा स्वास्थ्य सेवाको पहुँच पु¥याउने उद्देश्यले विभिन्न स्थानहरूमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै आएको लियो क्लब अफ नारायणगढ चितवनले यस्ता स्वास्थ्य शिविरहरूले स्थानीय नागरिकहरूलाई सहजै स्वास्थ्य सेवा प्राप्त गर्नको लागि उलेख्य सहयोग पु¥याएको जानकारी दिनुभयो । पछिल्लो समयमा पाठेघर संग सम्बन्धीत बिरामी महिलाको संख्या वृद्धि हुदैं गएको, बिरामीले खुलस्त रूपमा समस्या नबताउने भएकाले पनि शिविर आयोजना गरिएको जनाएको छ । विशेष गरि महिला रोगसँग सम्बन्धित समस्याहरूलाई प्राथमिकता दिएको छ ।
शिविरमा बिरामीहरूको निःशुल्क सुगर परिक्षण समेत गरिनेछ । शिविर बिहान ७ बजेबाट सञ्चालन हुनेछ । शिविरमा उपस्थित भएर आफ्नो स्वास्थ्यमा फाईदा आव्हान गरिएको छ ।