रविले भने : ३ मिनेटमा बास्तविकता सार्वजनिक गर्न लाग्दा प्रहरीले नियन्त्रणमा लियो (भिडियो सहित)

चितवन समाचार डटकम
१० भदौ । आत्महत्या दुरुत्साहन मुद्दाबाट धरौटीमा रिहा भएका टेलिभिजनकर्मी रवि लामिछानेले  शालिकराम पुडासैनी आत्महत्याको बास्तविकता सार्वजनिक गर्न लागेको वेला प्रहरीले आफूलाई नियन्त्रणमा लिएको बताउनु भएको छ ।

चितवन जिल्ला अदालतबाट हिजो साँझ रिहा भएका लामिछानेले आज नारायणगढको नदी किनारमा आयोजित धन्यवाद सभामा बोल्दै यस्तो भन्नु भएको हो । उहाले भन्नु भयो ‘पुडासैनी आत्महत्याको विषयमा ३ मिनेटमा आफूले टेलिभिजनको कार्यक्रमबाट सार्वजनिक गरेर प्रष्ट पार्न लागेको कार्य पूरा हुन सकेन त्यही बेला प्रहरीले नियन्त्रणमा लियो ।’
घटनाको वास्तविक अवस्थाको बारेमा अदालतले टुंगो लगाउने भएकाले आफूले धेरै कुरा नबोल्ने बताउनु भयो । अदालतले दिएको दायरामा आफू रहेर मात्र काम गर्ने भन्दै सुशासनको विषयमा आफूले आवाज उठाउन नछाड्ने बताउनु भयो । नेपालको झण्डालाई साक्षीराखेर भन्दछु एउटा मुद्दामा मात्र अदालतले नवोल भनेको हो लाखौ अन्य मुद्दा छन् त्यस विषयमा आफूले बोल्न नछाड्ने बताउनु भयो ।
आफूले भ्रष्टाचारको विषयमा बोलेको र उ त्यही कारणले नाङगिएर रविले रार्वजनिक गरेको कारण म मर्न वाध्य भए भनेर सुसाइट नोट लेखेर मरेमा पनि आफूलाई असर नगर्ने बताउनु भयो ।
प्रहरी हिरासतमा रहेका बेला बाहिरबाट सहयोग गर्नेलाई धन्यवाद दिनको लागि आज नारायणगढमा धन्यवाद सभा गरिएको थियो । कार्यक्रममा अर्का पत्रकार युवराज कडेलले पनि आफ्ना कुरा राखेका थिए । सभामा ठुलो सख्यामा सर्वसाधारणको उपस्थिति रहेको थियो ।

नारायणगढको नारायणी नदी किनारमा लामिछानेले गर्नु भएको सम्वोधनको भिडियो

शेयर गरौ

ताजा अपडेट