रवि लामिछाने सहित तीनजना धरौटिमा रिहा

चितवन समाचार डटकम

९ भदौ । पत्रकार शालिकराम पुडासैनी आत्महत्या दुरुत्साहन मुद्दाका अभियुक्त रवि लामिछाने सहित तीनजना आज रिहा भएका छन ।

जिल्ला अदालत चितवनमा दुइदिनदेखि भएको बयान र थुन छेक बहसपछि धरौटिमा रिहा भएको अधिवक्ता धर्मेन्द्र कार्किले जान्कारी दिनु भयो ।

रवि ५ लाख, कडेल ३ लाख र अस्मिता बिना धरौटिमा रिहा भयको हो ।

साउन २१ गते चितवनको एक होटलमा आत्महत्या गरेका पुडासैनीको आत्महत्या दुरुत्साहन मुद्दामा टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछाने, युबराज कडेल र स्टाफ नर्स अस्मिता कार्कीलाई प्रहरिले अनुसन्धानको लागि हिरासतमा लिएको थियो ।

हिजो प्रहरिले अनुसन्धान को मिसिल सरकारी वकिलको कार्यालयमा पेस गरेको थियो । मिसिल को अध्ययन गरेर सरकारी वकिलको कार्यालयले आत्महत्या दुरुत्साहन मुद्दामा अदालतमा दर्ता गराएको थियो । हिजैबाट अभियुक्तको बयान लिन सुरु गरिएको हो ।

मुद्दा जिल्ला न्यायाधीश हेमन्त रावलको इजालसमा गएको थियो ।

 

शेयर गरौ

ताजा अपडेट