भरतपुरमा पाँचजना भन्दा बढी मानिस जम्मा नहुन प्रशासनको आदेश ( यस्तो छ निषेधित चारकिल्ला )

 

चितवन समाचार डटकम, ८ भदौ ।
भरतपुरका बिभिन्न स्थानमा भदौ ९ गते बिहान ६ बजे देखि अर्को आदेश नभएसम्मको लागी पाँचजना भन्दा बढी ब्यक्ति जम्मा नहुन जिल्ला प्रशासन कार्यालय चितवनले सुचना जारी गरेको छ ।
प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतद्धारा जारी आदेशमा पत्रकार रवि लामिछाने रिहाईको माग गर्दै हुने प्रदर्शनबाट अशान्ति र हुलदंगा हुन सक्ने देखिएकाले चारकिल्ला तोकेर एकै ठाँउमा पाँचजना भन्दा बढी मानिस जम्मा हुन नपाईने उल्लेख छ ।
चारकिल्लामा पूर्व बाईपास सडक तर्फको आन्तरिक राजस्व कार्यालयको चोकदेखि घरेलु कार्यालय चोक सम्म,
पश्चिममा पूर्व पश्चिम लोकमार्गको सप्तगण्डकी अस्पताल देखि चौबिसकोठी चोकसम्म,
उत्तरमा बाईपास सडकतर्फको आन्तरिक राजस्व कार्यालयको चोकदेखि भरतपुर अस्पताल, पुरानो मेडिकल कलेज जानेचोक, नारायणी माविचोक, कृषिज्ञानकेन्द्र चोक हुदै चौबिसकोठी सम्म,
र दक्षिणमा बाईपास सडक तर्फको घरेलुकार्यालयको चोकदेखि दुरसञ्चारचोक हुदै पूर्व पश्चिम लोकमार्गको सप्तगण्डकी अस्पतालचोक सम्म रहेको छ ।
स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ को (३ क) बमोजिमको अधिकार प्रयोग गर्दै यस्तो आदेश जारी गरिएको सार्वजनिक सुचनामा उल्लेख छ ।

शेयर गरौ

ताजा अपडेट