पुडासैनी आत्महत्या प्रकरण : प्रहरीले अनुसन्धान सक्यो, आत्महत्या दुरुत्साहन मुद्दा पेस

चितवन समाचार ड्टकम

८ भदौ । पत्रकार शालिकराम पुडासैनी आत्महत्याको विषयमा प्रहरीले अनुसन्धान सकेर सरकारी वकिलमा आत्महत्या दुरुत्साहन मुद्दा पेस गरेको छ ।

चितवन आएको प्रहरीको केन्द्रीय अनुसन्धान व्युरोका प्रहरी उपरिक्षक दिपक रेग्मिले आज पत्रकार सम्मेलन गरि अनुसन्धान पूरा गरि आत्महत्या दुरुत्साहन मुद्दा पेस गरेको जानकारी दिनु भयो । अनुसन्धानका क्रममा आत्महत्या अगाडि को भिडियो, पुडासैनीसङ भएका सम्बन्ध, टेलिफोन, आबश्यक प्रमाण सबैलाइ अनुसन्धान गरेर सरकारी वकिलमा पेस गरेको जानकारी दिनु भयो ।

प्रहरिको हिरासतमा रहेका टेलिभिजन प्रस्तोता रवि लामिछाने, पत्रकार युबराज कडेल, स्टाफ नर्स अस्मिता कार्की माथी अनुसन्धान भएर प्रमाण सहित पेस गरेको हो ।

अनुसन्धानमा भएका आबश्यक प्रमाणसहित आत्महत्या दुरुत्साहनमानै मुद्दा पेस गरेको हो । अनुसन्धानको  आधारमा सम्मानित अदालतले जे आदेश दिन्छ त्यहि काम प्रहरिले गर्ने रेग्मिले बताउनु भयो । भिडबाट होइन अदालतबाट न्याय खोज्नु पर्दछ रेग्मिले भन्नू भयो ।

प्रचलित कानुन अनुसार आत्महत्या दुरुत्साहन मुद्दामा दोषी भयमा ५ वर्ष कैद र ५० हजार जरिवाना हुने व्यबस्ता रहेको छ ।

शेयर गरौ

ताजा अपडेट