पहिरो खसेपछि रसुवा नाका यातायात अबरुद्ध

रसुवा, ८ भदौं । रसुवागढी नाका जोड्ने सडक खण्डको विभिन्न स्थानमा पहिरो खसेपछि यातायात अवरुद्ध बनेको छ ।

पासाङल्हामु मार्गको राम्चे तथा ब्राबल र धुन्चे रसुवागढी सडक खण्ड अन्तर्गत लिङलिङ, तातोपानी क्षेत्रमा पहिरो गएको स्थानीयले जानकारी दिएका छन् ।

सडक खुल्न करीब २ घण्टा लाग्ने रसुवाका प्रमुख जिल्ला अधिकारी अर्जुन भण्डारीले जानकारी दिएका छन् । पहिरो गएको क्षेत्रमाहरूमा जनशक्ति परिचालन गरी पहिरो पन्छाउने काम भइरहेको छ ।

स्याउबारी–स्याफ्रु सडक सडक डिभिजन, स्याफ्रु–रसुवागढी सडक खण्डमा विभिन्न जलविद्युत् आयोजनाले पहिरो पन्छाउने काम गर्छन् । यसका लागि सडक डिभिजनका कर्मचारी, नेपाल प्रहरी समेत परिचालन गरिएको प्रमुख जिल्ला अधिकारी भण्डारीले जानकारी दिएका छन् ।

शेयर गरौ

ताजा अपडेट