रौतहटका प्रतिभा : जसले अठारसय ७२ जनालाईपछि पारेर पहिलो भए

चितवन समाचार डटकम
५ भदौ ।

सरकारी विद्यालय पढ्नेले निजी विद्यालयका विद्यार्थीलाई जित्न सक्दैन भन्ने भनाइलाई गलत सावित गरिदिएका छन् सरोजकुमार दासले ।
रौतहटको गडुरा नगरपालिका महम्मदपुर घर भएका दास स्कुल अफ हेल्थ साइन्सको प्रवेश परीक्षामा १८ सय ७२ जनालाई पछि पार्दै पहिलो हुन सफल भएका छन् । गरिब परिवारमा जन्मेर सरकारी विद्यालय पढेका सामान्य विद्यार्थीले निजी राम्रा विद्यालयमा पढेका विद्यार्थीलाई मात्र पछि पारेनन् निःशुल्क पढ्न समेत पाए ।
शिक्षाको ज्योति नपाएको परिवारमा जन्मेका उनी कडा मेहनत गरेर यो सफलता पाएको बताउछन् । १७ वर्षीय दासको परिवारमा वुवाआमा र तीन भाइ छन् । भाइहरु गडुराको श्रीमाध्यमिक विद्यालयमा पढ्दै आएका छन् । वुवाज्याला मजदुरी काम गर्नु हुन्छ । वुवाको मजदुरीको पैसाले नै उनी पढ्दै आएका छन् ।
सिटिइभिटीको आंगिक शिक्षालय स्कुल अफ हेल्थ साइन्स भरतपुरको खुला कोटामा १ हजार ८ सय ७३ जनालाईपछि पार्दै सरोज प्रथम भए । खुला कोटाबाट सामान्य चिकित्सा (एचए) अध्ययन गर्नको लागि प्रवेश परीक्षा दिएकोमा दासले पहिलो नं.मा नाम निकाल्नु भएको हो । रौतहटको सरकारी श्री माध्यमिक विद्यालयबाट एसईई दिएका थिए । एसईई दिएपछि प्राविधिक विषय अध्ययन गर्नका लागि उहाले चितवनमा प्रवेश परीक्षा दिए ।
विद्यार्थी दासले भने ‘गाउँको मान्छे कोही चिनेको छैन कसरी नाम निस्केला भनेर सोचेको राम्रो भएछ, खुसी लागेको छ ।’ म सरकारी विद्यालय पढेको, अरु बोडिङ स्कुल पढेर आएका छन् नाम निस्कदैन जस्तो लागेको थियो उनले भने । ‘विद्यालयमा मेरो सामान्य पढाइ हो, तर पढेर केही गर्नु पर्छ भन्ने लागेर दिनरात पढे त्यसको परिणाम अहिले देखियो ’उहाले भने ।


हाम्रो गाउँमा बोडिङ स्कुल कम छ, त्यसमा पनि हामी त्यहाँ पढ्न सक्दैनौ किनकी हामी गरिब छौ । कक्षा ७ सम्म गाउँको सानो विद्यालयमा पढे त्यहाँ छैठौ नं.मा थिए । त्यसपछि श्री माविमा ८ कक्षा पढ्न आए । ९ कक्षामा ४३ औ स्थानमा थिए । कक्षा १० मा आउदा ११ औ स्थानमा आए । त्यसपछि पढाइलाई अब अल्छी गर्न हुन्न भनेर ट्युसन पढ्ने, घरमा पढ्ने गरे अनी यहाँ खुलाबाट प्रवेश परीक्षा दिएको हो दासले भने । ‘हामी गरिब छौ, एचए पढेर सरकारी सेवामा लाग्ने छु कमाएर परिवार पाल्ने सोच बनाएको छु त्यही भएर यहाँ पढ्नको लागि आएको हो ’ उनले भने ।
सरोजका बुवा रामचन्द्र दास भन्नु हुन्छ ‘आफू इट्टा भट्टामा काम गरेर भएपनि छोरालाई डाक्टर बनाउने सोच छ, उसले मेहनत गर्छ ।’ आर्थिक अबस्था कमजोर छ दैनिक ज्यालाबाट मासिक १५ हजार कमाउछु त्यही पैसाले चारवटा सन्तान हामी दुइजना पालिन्छौ उनले भने । सरकारी विद्यालयमा पढाए ट्युसन पढाए उ आफैपनि मेहनती छ राम्रो गरेछ खुसी लागेको छ ।


दासले भने इटा पोल्ने ठाउँमा चाङ लगाउने काम गर्छु जोखिम छ तर के गर्ने गर्नै पर्छ, बेसिजनमा यहाँ काम पाइदैन, हेटौडमा कवाडी सामान उठाउछु तर मैले छोराहरुलाई केही काम गर्न लगाएको छैन । सरकारीमा नाम निकाल्न सोर्सफोर्स लाग्छ भनेको थिए तर होइन रहेछ दासले भने । मेरो चितवनमा चिनजान छैन छोराको मेहनत भगवानको आर्शिवादले पढ्न पाउने भयो उनले खुसी हुदै भने ।
गएको साउन २२ गते सिटिइभिटीले लिएको प्रवेश परीक्षामा १८ सय ७२ जनालाई उछिन्दै सरोज पहिलो हुनु भएको हो । स्कुल अफ हेल्थ साइन्स सिटिइभिटीको आंगिक शिक्षालय हो । शिक्षालयका प्रमुख रमणकुमार मेहताले भने ‘प्रवेश परीक्षामा सबै भन्दा धेरै अंक ल्याउने विद्यार्थीले निःशुल्क पढ्न पाउनेछन् ।’ सरकारी विद्यालयमा अध्ययन गरेर पनि १८ सय ७२ लाई उछिन्नु राम्रो कुरा हो उनले भने । सहुलियत रकममा पैसा तिरेर पढ्न पाउने यहाँ निजी सरकारी विद्यालयमा पढेका सबैले प्रतिष्पर्धा गर्न सक्छन् ती मध्य उत्कृष्ट अंक ल्याउनेले निःशुल्क पढ्न पाउछन् प्रमुख मेहताले भने । सरोजले १०० पुणांकमा ९७ ल्याउनु भएको छ यसलाई सतप्रतिशत मान्न सकिन्छ उनले भने ।
सामान्य चिकित्सा, फार्मेसी, ल्याबटेक्निसियन, रेडियोग्राफी, फिजियोथेरापीलगयात सातवटा शैक्षिक कार्यक्रम सञ्चालन भएको शिक्षालयका प्रविधिक अधिकृत निरज भट्टले जानकारी दिए । सामान्य चिकित्सा (एचए)मा ६२ कोटा रहेको छ । यहाँ पढ्न आउने विद्यार्थी मध्य ८० प्रतिशत तराइ मुलका व्यक्ति हुने गरेको भट्टले जानकारी दिए । पछिल्ला केही वर्ष यता प्राविधिक विषय अध्ययन गर्न आउने विद्यार्थीको सख्या बृद्धि भएको उनले बताए ।

ताजा अपडेट