रवि लामिछानेका वकिलले भने, ‘सामान्य तारेखमा रिहा गरियोस्’

चितवन समाचार डटकम, ३ भदौ ।
पत्रकार शालिकराम पुडासैनी मृत्यु प्रकरणमा अनुसन्धानका लागी रवि लामिछानेलाई पाँच दिन म्याद थप भएपछि अब उनलाई सामान्य तारेखमा छाड्नुपर्ने लामिछानेका वकिल अधिवक्ता सुनील पोखरेलले माग गर्नुभएको छ ।
जिल्ला अदालत चितवन बाहिर आज सञ्चारकर्मी संग कुराकानी गर्दै अधिबक्ता पोखरेलले थप भएको पाँच दिनको म्याद आगामी शनिवार सकिने र त्यसपछि सामान्य तारेखमा छाड्नुपर्ने तर्क गर्नुभयो ।
सरकारी वकिलले १० दिनको म्याद माग गरेकोमा अदालतले ५ दिनको अनुमती दिएको पोखरेलले बताउनुभयो ।
न्युज २४ टिभीका दिपक बोहोरालाई कागज गराउनुपर्ने, सीसी फुटेजको बैज्ञानिक परिक्षणगर्न, डोरी खरिद गरेको ठाँउको मुचुल्का बनाउन, भिसेरा रिपोर्ट सहित चारवटा काम बाँकी रहेको जनाउँदै म्याद थप्न आज सरकारी वकिलले प्रस्ताव गरेको अधिवक्ता पोखरेलले बताउनुभयो । आज मात्रै वयान सकेर समय थप गर्ने नगर्ने भन्ने विषयमा भएको वहसपछि अनुसन्धानका लागि अदालतले ५ दिनको समय थप गर्ने निर्णय गरेको हो । न्यायधिस गायत्री प्रसाद रेग्मीको ईजलासले सो निर्णय गरेको हो ।
सरकारका तर्फवाट जिल्ला सरकारी वकिल कार्यालय चितवनका न्यायधिवक्त यदुनाथ शर्माले थप अनुसन्धानका लागि १० दिनको समय माग गर्नु भएको थियो । सोको विरोधमा लामिछाने र युवराज कडेंलको तर्फबाट वरिष्ठ अधिवक्ता शुशिल पन्त, अधिवक्ता शुनिल कुमार पोख्रेल, चुडामणी सापकोटा, अस्मिता कार्किका तर्फवाट अधिवक्ता नारायण गिरिले वहस गर्नु भएको थियो ।

शेयर गरौ

ताजा अपडेट