प्रधानमन्त्री ओलीद्वारा सर्वदलीय बैठक आह्वान

काठमाडौं, ३ भदौ :

प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वदलीय बैठक बोलाउनुभएको छ ।

संक्रमणकालीन न्यायको विषयको टुंगो लगाउन प्रधानमन्त्री ओलीले संसदमा प्रतिनिधित्व गर्ने दलहरुको बैठक बोलाउनुभएको उहाँका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिनुभयो ।

संसदमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले विभिन्न आयोग गठनको काम एक हप्तामा टुंगो लगाइसक्ने बताउनुभएको थियो ।

त्यसै अनुसार उहाँले मंगलबार सर्वदलीय बैठक बोलाउनुभएको संयोजक अधिकारीले बताउनुभयो । बैठक बेलुका ५ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्नेछ । यस्तै, दिउँसो ३ बजे नेकपाको सचिवालय बैठक पनि बस्दैछ ।

शेयर गरौ

ताजा अपडेट