नेकपा चितवनको ध्यानाकर्षण : अनुसन्धानको क्रममा रहेका व्यक्तिको पक्षमा नलाग्न कार्यकर्तालाई निर्देशन

 

चितवन २ भदौ । प्रहरी अनुसन्धानको क्रममा रहेका व्यक्तिको पक्ष बिपक्षमा नलाग्न नेकपा चितवनले आफ्ना नेता तथा कार्यकर्तालाइ निदेशन दिएको छ ।

नेकपा चितवनका अध्यक्ष यमबहादुर परियार र सचिव कृष्णभक्त पोखरेल द्वारा आज जारी बिज्ञप्तिमा सो कुरा उल्लेख गरेको हो ।

पत्रकार शालिकराम पुडासैनी मृत्यु प्रकरणका विषयमा अनुसन्धानको लागि प्रहरिले कार्यक्रम प्रस्तोता रवि लामिछानेसहित तीन जनालाई नियन्त्रणमा लिएपछी भरतपुरमा प्रदर्शन भयको छ । रविलाइ छाड्नु पर्ने भन्दै प्रदर्शन हुदा नेकपाका नेताको नाम लियर अराजक व्यवहार गरेको भन्दै त्यस्ता कार्यक्रममा नजान निर्देशन दिएको हो ।

जारी बिज्ञाप्तिमा न्यायलयको निर्णयलाई समेत प्रभाव पार्ने गरी भइरहेको हुलहुज्जत, अराजक गतिविधि तथा लगाइएका नाराहरु परिवर्तनविरोधी भएको भन्दै आपत्ति जनायको छ ।  नेपाली जनताले लामो बलिदानीपूर्ण संघर्षपछि प्राप्त गरेको लोकतान्त्रिक गणतन्त्रकै विरुद्ध नारा लगाउनु नेपाली जनताप्रतिको अपमान भएको पार्टीले उल्लेख गरेको छ ।

प्रदर्शनमा  पार्टीको नेतृत्वविरुद्ध नामै किटेर गरिएको नाराबाजी तथा प्रतिक्रियावादीलाई बढवा दिने गरी भएको ‘धमिलो पानीमा माछा मार्ने’ चलखेल भएको जनायको छ ।

नेकपाले विज्ञप्तिमार्फत् चितवनलाई शान्ति र अमनचयन कायम राख्न प्रशासनलगायत आमजनसमुदायमा अपील पनि गरेको छ । कुनै पनि बहानामा भएका यस्ता अराजक गतिविधिमा संलग्न नहुन पनि सम्पूर्ण पार्टी सदस्य, समर्थक तथा शुभेच्छुकहरुलाई पार्टीले निर्देशन दिएको छ ।

भरतपुर नं. १  पोखरा बसपार्कको होटल कङ्गारुमा गत साउन २० गते पत्रकार शालिकराम पुडासैनीको मृत्यु भएको सन्दर्भमा रवि लामिछाने लगायतका तीन जना व्यक्तिहरुलाई चितवन प्रहरीले अनुसन्धानको लागि अदालतको आदेशले न्यायिक हिरासतमा राखेको छ ।

साथै घटनाको सत्य तथ्य छानबिन गरि दोषीलाई कारवाही निर्दोशलाई रिहा गर्न समेत उल्लेख गरेको छ । घटनालाइ प्रभावित पार्ने काम कुनै निकायबाट नगर्न समेत ध्यानाकर्षण गरायको छ ।

शेयर गरौ

ताजा अपडेट