सेन्ट्रल जोन भलिबल च्याम्पियनसिपमा  आज नेपालले किर्गिस्तानसँग खेल्दै

काठमाडौं, २ भदौ :

एभीसी पुरुष सिनियर सेन्ट्रल जोन भलिबल च्याम्पियनसिपमा आज नेपालले किर्गिस्तानसँग प्रतिस्पर्धा गर्दैछ ।

लगनखेलस्थित आर्मी कभर्डहलमा सुरु हुने प्रतियोगितामा नेपालले आफ्नो पहिलो खेलमा किर्गिस्तानसँग प्रतिस्पर्धा गर्न लागेको हो । नेपाल र किर्गिस्तानबीचको खेल दिउँसो चार बजे सुरु हुनेछ । आफ्नो पहिलो खेलमा नै जित हात पार्दै नेपाल सेमिफाइनलमा पुग्ने लक्ष्यमा हुनेछ ।

समूह ए मा रहेको नेपालसँगै किर्गिस्तान र माल्दिभ्स रहेका छन् । यता, समूह बीमा भने तुर्कमेनिस्तान, उब्जेकिस्तान, बंगलादेश र अफगानिस्तान रहेका छन् । आज उदघाटन कार्यक्रम भने दिउँसो दुई बजे छ ।

 

शेयर गरौ

ताजा अपडेट