रवि लामिछानेसहित ३ जनाविरुद्ध किटानी जाहेरी

चितवन, १ भदौ :

पत्रकार शालिकराम पुडासैनी मृत्यु प्रकरणको छानविन गर्न उनका परिवारले रवि लामिछानेविरुद्ध प्रहरीमा किटानी जाहेरी दिएका छन् ।

पुडासैनीका श्रीमती सम्झना पुडासैनीले महानगरीय प्रहरी परिसर काठमाण्डौमार्फत आइतबार किटानी दिएको चितवनका प्रहरी प्रमुख प्रहरी उपरीक्षक दानबहादुर मल्लले बताए । सम्झना आफैँले सञ्चारकर्मी लामिछाने सहित अन्य आरोपी युवराज कँडेल र अस्मिता कार्कीविरुद्ध पनि किटानी दिएकी हुन्।

जाहेरी काठमाडौं मार्फत चितवन आउने मल्लले बताए । पुडासैनीले मृत्यु हुनुभन्दा अघि रेकर्ड गरेको भनिएको भिडियो सामाग्रीमा आरोप लगाएपछि रवि सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको थियो । जिल्ला अदालत चितवनबाट म्याद थप गरेर उनीहरूमाथि अनुसन्धान गरिरहेको छ ।

गएको साउन २० गत्ते चितवनको भरतपुर महानगरपालिका १ नारायणगढ स्थित पोखरा बसपार्कमा रहेको होटल कंगारुमा पुडासैनी झुण्डिएको अवस्थामा मृत फेला परेका थिए ।

शेयर गरौ

ताजा अपडेट