प्रधानमन्त्री ओली भन्नु हुन्छ ‘ढुक्क हुनुहोस आउदो निर्वाचनपछि म पदमा बस्दिन’

काठमाण्डौं १ भदौ । प्रधानमन्त्री केपी शर्मा ओलीले आउदो निर्वाचनपछि आफू पदमा नहरने बताउनु भएको छ ।
प्रतिनिधि सभाको बैठकमा आज सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आउदो निर्वाचनपछि आफू पदमा नवस्ने बताउनु भएको हो । प्रधानमन्त्रीको विषयमा नानाथरी कुरा गरेको, चर्चा भएको भन्दै उहाले भन्नु भयो ‘प्रधानमन्त्री लल्याकलुलुक भयो, पद खुस्किने भयो भन्ने हल्ला चलेको सुनियो, पद नगएको कोही व्यक्ति देखेको छैन । आगामी निर्वाचनपछि मलाई पनि बस्न मन छैन’, ओलीले भन्नु भयो,‘ मैहु भन्ने राजा महाराजाहरूको पनि पद गएको देखेको छु ।’
उहाले हल्लाको भरमा सरकारलाई असर पर्दैन उहाले भन्नु भयो तत्काल सरकार परिवर्तन हुदैन । सरकारको उदारतालाई कमजोरीको रुपमा नलिन उहाले चेतावनी दिनु भयो । उहाले भन्नु भयो ‘सरकारको उदारतालाई हेरेर केही तत्व हौसिएको देखेको छु, संविधानसम्मत चल्ने यो सरकार प्रशन्नातापूर्वक विरोध र आलोचनाको स्वागत गर्दछ । सरकारको आलोचनाका नाममा प्रणाली उल्टाउँछु, प्रतिगमन गर्छु भन्ने किमार्थ स्वीकार्य छैन’ उहाले भन्नु भयो ।
प्रधानमन्त्री ओलीले संविधान, लोकतन्त्र, गणतन्त्र, संघीयता र जनताको शासन विरोधी क्रियाकलापहरु नगर्न चेतावनी दिनु भयो ।
सम्वोधनका क्रममा प्रधानमन्त्री ओलीले राजतन्त्र फर्काउँछौं भन्नु बेमौसमको बाजा बजाउने जस्तै भएको बताउनु भयो । ओलीले भन्नु भयो चिहानमा गएर हड्डी फुकेर राजसंस्था फर्काउँछु भन्ने परिकल्पना गरेर उफ्रिएको देखे, उफ्रेर केही हुदैन ।’

शेयर गरौ

ताजा अपडेट