काठमाडौं, १ भदौ :
आज (आइतबार) देखि तीन दिन अर्थात् मंगलबारसम्म देशका विभिन्न स्थानमा वर्षा जारी रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार अहिले देशका अधिकांश स्थानमा सामान्य बदली रही पूर्व र पश्चिमका एक-दुई स्थानमा हल्कादेखि मध्यमसम्म वर्षा भइरहेको छ। यस्तै दिउँसो पश्चिमका धेरै र पूर्व र मध्य क्षेत्रका केही स्थानमा मेघ गर्जन र चट्याङसति मध्यमसम्म वर्षा हुने सम्भवना छ।
साथै पश्चिम तथा पूर्वका एक-दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ ।


