प्रधानमन्त्री ओलीले संसदमा केही बेरमा सम्वोधन गर्नु हुदै

 

काठमाडौं, १ भदौ । प्रधानमन्त्री केपी शर्मा ओलीले अहिले केही बेरमा संसदलाई सम्बोधन गर्नु हुने भएको छ ।
प्रधानमन्त्री ओलीलेअहिले केहीवेरमा संसदलाई सम्बोधन गर्ने कार्यक्रम रहेको प्रधानमन्त्रीका प्रेस संयोजक चेतन अधिकारीले बताउनुभयो ।
समसामयिक विषयमा प्रधानमन्त्री ओलीले सम्बोधन गर्न लाग्नु भएको अधिकारीले बताउनुभयो । प्रधानमन्त्रीले हरेक महिनाको पहिलो र तेस्रो आइतबार सांसदका प्रश्नको जवाफ दिने तालिका रहेको छ । तर विगत दुई÷तीन महिनादेखि सो कार्यक्रम हुन सकेको छैन । तर आज भने प्रश्नोउत्तरको कार्यक्रम नभइ प्रधानमन्त्रीले सम्बोधन गर्न लाग्नु भएको हो ।
आजको सम्वोधनमा प्रधानमन्त्री ओलीले आफ्नो स्वास्थ्य, समसामयिक परिस्थितिको बारेमा बोल्न लाग्नु भएको जनाइएको छ ।

शेयर गरौ

ताजा अपडेट