रविलाई छाड्नु पर्ने भन्दै ज्ञानेन्द्र शाही र प्रसाइको प्रदर्शन (फोटो फिचर)

केशव पौडेल
चितवन ३२ साउन ।

प्रहरी अनुसन्धानमा रहेका रवि लामिछानेलाई छाड्नु पर्ने भन्दै उनका समर्थकहरुले आज चौविसकोठीमा नाराबाजी गरेका छन् ।
सामाजिक अभियन्ता ज्ञानेन्द्र शाही, रमेश प्रसाइले जनताको आवाज उठाउने रविलाई अनुसन्धानको नाममा नियन्त्रणमा लिएको बताएका छन् । पत्रकार आम्महत्याको निष्पक्ष छानविन गरी दोषीलाई कार्वाही गर्न उनीहरुले माग गरेका छन् ।
रविका समर्थकहरुको साथमा आएका उनीहरुले सरकारको कार्यशैली प्रति आलोचना गरेका थिए । अभियन्ता शाहीले भ्रष्टाचार नियन्त्रण गर्न नसक्ने सरकारले जनताको आवाज उठाउने रविलाई नियन्त्रण गरेको बताउनु भयो । निश्पक्ष छानविन हुनु पर्दछ रवि निर्दोषलाई नियन्त्रणमा राख्न हुदैन उहाले भन्नु भयो ।

यसै बिच रविका समर्थकहरुले आज विहान प्रहरीको गस्ती भ्यानमा तोडफोड गरेका छन् । प्रहरी कार्यालय अगाडि नारावाजी गर्दै आएका उनीहरुले प्रहरीको गाडीमाथि प्रहार गरेपछि प्रहरीले अश्रुग्यास हानेको थियो । रविका समर्थकहरु आक्रामक भएपछि प्रहरीले अवस्थालाई नियन्त्रणमा लिएको थियो ।
पत्रकार शालिकराम पुडासैनीले नारायणगढको एक होटलमा आत्महत्या गर्नु अगाडि मर्नुको कारण रवि सहित तीनजना रहेको भनी बोलेको भिडियो सार्वजनिक भएपछि न्युज २४ का कार्यक्रम प्रस्तोता रवि लामिछानेसहित तीन जनालाई चितवन प्रहरीले नियन्त्रणमा लिएको छ ।

शेयर गरौ

ताजा अपडेट