काँग्रेसका छायाँ गृहमन्त्री वडुले भेटे रविलाई : निष्पक्ष छानविन गर्न माग

चितवन समाचार डटकम
३२ साउन । नेपाली काँग्रेसका नेता तथा छायाँ सरकारका गृहमन्त्री दिलेन्द्रप्रसाद वडुले प्रहरी अनुसन्धानमा रहेका रवि लामिछानेलाई आज दिउसो भेट्नु भएको छ ।
पत्रकार पुडासैनी आत्महत्याको दुरुत्साहन अभियोगमा अनुसन्धानको लागि प्रहरीले हिरासतमा राखेका लामिछानेलाई भेट्नु भएको हो । प्रहरीको हिरासतमा रहेका लामिछानेलाई भेटेपछि जिल्ला प्रहरी कार्यालयका प्रमुख दानवहादुर मल्लसंग घटनाको विषयमा जानकारी लिनु भएको थियो । भेटपछि नेता वडुले घटनाको सत्यतथ्य छानविन गरी यथार्थ विवरण बाहिर ल्याउन अनुरोध गर्नु भएको नेपाली काँग्रेस चितवनका सचिव उत्तम जोशीले जानकारी दिनु भयो ।
जोशीका अनुसार नेता वडुले पहिला लामिछानेलाई भेटेपछि प्रहरी प्रमुखसंग घटनाको विषयमा जानकारी लिनु भएको थियो । आत्महत्या घटनाको विषयमा दोषी देखिएकालाई कुनैपनि हालतमा नछोड्न प्रहरीसंग माग गर्नु भएको छ । अपराध नगरेका व्यक्तिलाई वलजफत गरी नियन्त्रणमा राख्न नहुने वडुले बताएको सचिव जोशीले जानकारी दिनु भयो ।
घटनाको छानविन गर्नको लागि लामिछानेले पनि सहयोग गर्नु पर्ने बताउनु भयो । अनुसन्धानमा सहयोग गर्ने भन्दा भन्दै कार्यालयमा गएर यसरी नियन्त्रणमा लिन नहुने नेता वडुले प्रहरीसंग भन्नु भएको सचिव जोशीले जानकारी दिनु भयो । दोषी उम्कने निर्दोष पर्ने अवस्था हुन नहुने बताउनु भयो । नेता वडु पुस्तक विमोचन, पार्टीका नेताको शोक सभा कार्यक्रममा चितवन आउनु भएको थियो ।
शुक्रबार जिल्ला अदालत चितवनले लामिछाने सहित पत्रकार युवराज कँडेल र अस्मिता कार्कीलाई अनुसन्धानको लागि पाँच दिन थुनामा राख्न आदेश दिएको थियो ।

शेयर गरौ

ताजा अपडेट