इजरायलले गरेको आग्रह अमेरिकी सांसदहरुबाट अस्वीकार

काठमाडौं, ३२ साउन :

अमेरिकी सांसद रशीदा तलैबले इजरायलको आग्रहलाई अस्वीकार गरेका छन् ।

सांसद तैलवले विपक्षीको हैसियतमा वेस्ट बैंक र पूर्वी यरूशलमको भ्रमण नगर्ने स्पष्ट पारेका हुन् । यसअघि इजरायलले अमेरिकाका दुई जना मुसलमान महिला सांसदहरुलाई आफ्नो मुलुक प्रवेशमा प्रतिबन्ध लगाएको थियो । इजरायल सरकारका प्रमुख आलोचक मानिएका अमेरिकाका मुसलमान महिला सांसदहरु इल्हान उमर र रशीदा तलैबमाथि इजरायलले मुलुक प्रवेशमा प्रतिवन्ध लगाएको हो ।

सांसदद्वय आगामी साता इजरायलको नियन्त्रणमा रहेको वेस्ट बैंक र पूर्वी यरूशलम जाने तयारी थियो ।

सांसद इल्हान उमरले इजरायलको यो कदमलाई लोकतान्त्रिक मूल्य मान्यताको अपमान भएको प्रतिक्रिया दिएका थिए । यसअघि अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले ट्विटरका माध्यमबाट ती महिला सांसदहरुको इजरायल प्रवेशमा प्रतिबन्ध लगाउने माग गर्दै उनीहरुलाई इजरायल प्रवेश गर्न दिनु ‘ठूलो कमजोरी’ हुने बताएका थिए । (एजेन्सी)

ताजा अपडेट