भरतपुर , ३१ साउन :
नेपाल हृद्धय रोग निवारण प्रतिष्ठान चितवन शाखाको आयोजनामा प्रेरणा स्कुलमा निः शुल्क मुटुरोग परीक्षण कार्यक्रम सम्पन्न भएको छ ।
देशमा पल्छिलो समयमा मुटुरोगका बिरामीको संख्या बढेको भन्दै परिक्षण कार्यक्रमको आयोजना गरेको नेपाल हृद्धय रोग निवारण प्रतिष्ठान चितवन शाखाका अध्यक्ष नारायण सिंह कुँवरले जानकारी दिनुभयो ।
परिक्षण कार्यक्रममा प्रेरणा स्कुलका कक्षा नर्सरी देखी कक्षा १० सम्मका विद्यार्थीको स्वास्थ्य परिक्षण गरिएको स्कुलका प्राचार्य मोहन लामाले जानकारी दिनुभयो । “८ सय विद्यार्थी र ४१ शिक्षक तथा कर्मचारीको परिक्षण भयो ।” उहाँले बताउनुभयो ।
कार्यक्रममा डा. शंकर लौडारी, डा. शारदा कुँवर, डा.केशव आर्चायले मुटुरोगको परीक्षण गरिएको थियो ।
ई.भोजराज कौडेल प्रमुख अथिति रहेको कार्यक्रममा प्रतिष्ठानका उपाध्यक्ष रेशमलाल श्रेष्ठको समेत उपस्थिती रहेको थियो ।
स्कुलका प्राचार्य मोहन लामाले स्वागत मन्तव्य राखेको कार्यक्रममा नेपाल हृद्धय रोग निवारण प्रतिष्ठान चितवन शाखाका अध्यक्ष नारायण सिंह कुँवरको अध्यक्षतामा सम्पन्न भएको थियो ।


