काठमाडौ ३१ साउन । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपा को ३३ विभागको जिम्मेवारी टुङ्गो लागेको छ । आज बिहान ११ बजेदेखि प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले विभागको जिम्मेवारी टुङ्गो लगाएको हो ।
लामो समयदेखि विवादमा रहेको स्कुल विभाग प्रमुखमा ईश्वर पोखरेलले जिम्मेवारी पाएका छन् । यस्तै संगठन विभाग प्रमुखको जिम्मेवारी वामदेव गौतम, विदेश विभाग प्रमुखमा माधव नेपालले जिम्मेवारी पाएका छन् ।
त्यस्तै प्रचार विभाग प्रमुखको जिम्मेवारी नारायणकाजी श्रेष्ठले पाएका छन् भने नीति प्रतिष्ठान प्रमुख झलनाथ खनाल भएका छन् । त्यसै गरी प्रदेश सह–इञ्चार्जमा २–२ जना थप्ने निर्णय भएको छ ।


