देशका केही स्थानमा मेघगर्जन र चट्याङसहित वर्षा हुने सम्भावना

काठमाडौं, ३० साउन :

आज (बिहीबार) देशका केही स्थानमा मेघगर्जन र चट्याङसहित वर्षा हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

हाल देशका अधिकांश स्थानमा आंशिकदेखि सामान्य बदली छ । महाशाखाका अनुसार पश्चिमी र पूर्वका पहाडी भू -भागमा यतिबेला समान्य वषासमेत भइरहेको छ ।

आज दिनभरी पश्चिमी र पूर्वका पहाडी भू- भागमा मेघ गर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा हुने महाशाखाका मौसमविद् राजु प्रधानांगले जानकारी दिए । ‘पश्चिमी भू- भागका एक- दुई स्थानमा भारी वर्षाकोसमेत सम्भावना छ,’ उनले भने, ‘तर, काठमाडौँ उपत्यकासहित पूर्वतिर भने अविरल र भारी वर्षाको सम्भावना छैन। हल्कादेखि मध्यमस्तरको वर्षा भने हुनसक्छ।’

शेयर गरौ

ताजा अपडेट