भारतद्धारा वेष्ट इण्डिजलाई ६ विकेटले पराजित

काठमाडौं, ३० साउन :

वेष्ट इण्डिजविरुद्धको तेस्रो एकदिवसीय खेल भारतले जितेको छ । बुधबार राति भएको खेलमा भारतले वेष्ट इण्डिजलाई ६ विकेटले पराजित गर्यो ।

जितसँगै भारतले तीन खेलको सिरीज दुई शून्यले आफ्नो पक्षमा पारेको छ । वेष्ट इण्डिजको पोर्ट अफ स्पेनमा भएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको वेष्ट इण्डिजको पारीमा वर्षा बाधक बनेको थियो ।

उसको स्कोर २२ ओभरमा एक सय ५८ रन हुँदा भारी वर्षा भएपछि खेल केहीबेर रोकिएको थियो । वेष्ट इण्डिजका लागि क्रिस गेलले विस्फोटक ७२ रन बनाए भने इभीन लुइसले ४३, सेइ होपले २४, सिमरोन हिटमेयरले २५ तथा निकोलस पुरनले ३० रनको योगदान गरे । वर्षापछि सुरु भएको खेल डक वर्थ एण्ड लुइसको नियमका आधारमा ३५ ओभरमा झारीएको थियो ।

जसम वेष्ट इन्डिजले सात विकेट गुमाएर दुई सय ४० रन बनाएको थियो । बलिङमा भारतका खलिल अहमेदले तीन तथा मोहम्मद सामीले दुई विकेट लिए । जवाफमा भारतले ३२ ओभर तीन बलमा चार विकेट गुमाउँदै लक्ष्य पूरा गर्यो ।

उसका लागि कप्तान विराट कोहलीले शतकीय पारी खेले । करियरमा ४२ औं शतक बनाउने क्रममा उनले १४ चौका प्रहार गरेका थिए । यस्तै, श्रैयस ऐयरले ६५ तथा शिखर धवनले ३६ रन बनाए । केदार ज्यादवले १९ रन थपे । प्रतियोगिताको म्यान अफ द म्याच र म्यान अफ द सिरीज विराट कोहली नै भए ।

शेयर गरौ

ताजा अपडेट